‘निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुनेमा मतदाताले सोच्नु पर्छ’ « Khabarhub

‘निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुनेमा मतदाताले सोच्नु पर्छ’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्। ‘निर्वाचनबाट निष्ठा हार्नु हुँदैन। निर्वाचनबाट इमान्दारिता हार्नु हुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिन पर्छ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा उनले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका हुन्। 

काठमाडौं–५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ भएको जिकिर गर्दै नेता पौडेलले विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् भनेर यो देशले हेरिरहेको बताए । काठमाडौं–५ बाट हुने आफ्नो जितको श्रेय पार्टी र गठबन्धनमा रहेका अन्य दललाई जाने भन्दै जितेर गएपछि पार्टीलाई अलोकप्रिय हुन बनाउने काम आफूले नगर्ने प्रतिवद्धता समेत दोहोर्‍याए ।

‘मैले जित्यो भने पार्टीका साथीहरू। गठबन्धनका साथीहरूको कारणले जित्ने हो,’ पौडेलले भने, ‘जीतेपछि पार्टीलाई अलोकप्रिय बनाउने काम मैले गर्ने छैन।’  

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ३९ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि