कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त « Khabarhub

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी छनोटका लागि दलहरूले छलफल तीव्र पारेका छन् । 

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कास्की जिल्लाका तीन वटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी छनोट गरिसकेको छभने अन्य दलहरूले उम्मेदवारीका लागि आन्तरिक छलफललाई तीव्र बनाएका हुन् । 

एमालेका तर्फबाट कास्की क्षेत्र नं १ मा बैनबहादुर अधिकारी क्षेत्री, कास्की क्षेत्र नं २ मा कृष्ण थापा र कास्की क्षेत्र नं ३ मा दामोदर बैरागीको उम्मेदवारी हुने भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

जिल्लामा अन्य राजनीतिक दलका तर्फबाट पनि उम्मेदवारी छनोटका लागि छलफललाई तीव्र बनाइएको छ । नेपाली कांग्रेसले उम्मेदवारी चयनका लागि आन्तरिक छलफललाई अघि बढाएको नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारीका लागि आन्तरिक छलफल गरिरहेको र आज दिउँसोसम्म टुङ्गो लाग्ने पार्टीका जिल्ला सचिव दीपेन्द्र पोखरेलले जानकारी दिए । जिल्लामा पार्टीका तर्फबाट उम्मेदवारीका लागि २१ जनाले आकाङ्क्षा देखाएको उनले बताए ।

नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारीका लागि कास्कीका तीन वटै क्षेत्रबाट एक जना नवयुवा र एक जना महिलासहित पाँच–पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको नेकपाका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक विश्वप्रकाश लामिछानेले जानकारी दिए । उनका अनुसार आज दिउँसोसम्म तीन वटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी तय हुनेछ ।

जिल्लामा अन्य राजनीतिक दलले पनि आफ्नो उम्मेदवारी तयका लागि छलफललाई तीव्र बनाएका छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन माघ ६ गतेका लागि निर्धारण भएका कारण दलहरूले सक्रियता बढाएका हुन् ।

कास्कीका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । 

उनका अनुसार कास्की क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन् भने क्षेत्र नं २ मा ८४ हजार १३४ मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं ३ मा एक लाख सात हजार ५६० मतदाता रहेका छन् । रासस

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ५० बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु