इराकमा नयाँ सरकार गठनको राष्ट्रसङ्घका महासचिव गुटरेसद्वारा स्वागत « Khabarhub

इराकमा नयाँ सरकार गठनको राष्ट्रसङ्घका महासचिव गुटरेसद्वारा स्वागत


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्वी मुलुक इराकमा नयाँ सरकार गठन भएकोमा त्यसको स्वागत गरेका छन् । हालै इराकको संसदले मोहम्मद शिया अल सुडानीको नेतृत्वमा नयाँ सरकारलाई अनुमोदन गरेको थियो ।

एक्काइस सदस्यीय नयाँ मन्त्रिपरिषदमा तीन जना महिला समेत परेका छन् । महासचिवले इराकी सरकारमा महिलाको प्रतिनिधित्वको पनि स्वागत गरेको उनका प्रवक्ताले जनाएका छन् ।

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको उनका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।

महासचिवले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ४४ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर