बाढीबाट फिलिपिन्समा ४७ जनाको मृत्यु « Khabarhub

बाढीबाट फिलिपिन्समा ४७ जनाको मृत्यु


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् ।

फिलिपिन्सको बङ्सामोरो अटोनोमस रिजन इन मिन्डानाओ (बीएआरएमएम) नामक स्वशासित क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा नाल्गे नामक आँधीमा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । दातु ओडिन सिनसुआतको कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् ।

मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् ।

हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ०३ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर