सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त | Khabarhub Khabarhub

सैनिक परिचालन सकिएको रुसी घोषणा, जेलेन्स्कीद्वारा आशंका व्यक्त


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई तैनाथ गर्ने योजना रहेको थियो ।

शुक्रबार रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेट गर्दै सैनिक परिचालन सम्पन्न भएको जानकारी गराएका छन् । टेलिभिजनमार्फत् प्रसारित उक्त भेटवार्तामा सोइगुले ३ लाख सैनिक परिचालन गर्ने लक्ष्य पूरा भएको पुटिनलाई जानकारी गराएका थिए ।

साथै उनले ८२ हजार सैनिकलाई लडाईँ भइरहेको क्षेत्रमा पठाइसकिएको समेत पुटिनलाई जानकारी गराएका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोइगुले परिचालनमा सहभागि बाँकी सैनिकहरुले हाल तालिम प्राप्त गरिरहेको पुटिनलाई जानकारी गराएका छन् ।

सैनिक परिचालनबारे अब थप कुनै कदमको योजना नरहेको समेत सोइगुले स्पष्ट पारेका छन् । जवाफमा पुटिनले परिचालित सैनिकहरुलाई देशभक्ति र देशको रक्षा गर्ने उनीहरुको दृढताका लागि धन्यवाद समेत दिएका छन् ।

यसअघि रुसले सैनिक परिचालनको घोषणा गरेसँगै रुसमा प्रदर्शनको लहर छाएको थियो भने हजारौँ रुसी नागरिकहरु विदेश पलायन भएका थिए । रुसमा सैनिक परिचालनको घोषणालाई निकै विवादास्पद र संवेदनशील मानिएको छ । यसबाहेक परिचालनको सुरुवाती चरणमा परिचालित सैनिकलाई बन्दोबस्ती एवम् हातहतियारको पनि अभाव देखिएको तथा उनीहरुको अनुशासनमा पनि कमीकमजोरी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।

भेटवार्ताका क्रममा राष्ट्रपति पुटिन र रक्षामन्त्री सोइगु दुबैले परिचालनका सुरुवाती चरणमा केही ‘समस्या’ देखिएको स्वीकार गरेको जनाइएको छ । यद्यपि बन्दोबस्तीको समस्या हाल समाधान गरिएको सोइगुले पुटिनलाई जानकारी गराएका छन् । जवाफमा पुटिनले रुसले निकै लामो समयबाट सैनिक परिचालन नगरेका कारण केही कमजोरी देखिनुलाई स्वभाविक रुपमा लिएको बताएका थिए । यद्यपि यसबाट पाठ सिकिएको समेत उनले टिप्पणी गरेका छन् ।

गत फेब्रुअरी महिनायता युक्रेनमा सञ्चालन गरिको ‘विशेष सैनिक अभियान’ मा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि रुस सैनिक परिचालन गर्न बाध्य भएको हो ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले सैनिक परिचालन सम्पन्न गरेकोमा आशंका व्यक्त गरेका छन् । रात्रिकालीन नियमित टेलिभिजन सन्देशका क्रममा उनले रुसी सैनिकको तयारी निकै कमजोर रहेको टिप्पणी गरेका छन् । यसबाट युद्धमा होम्न रुसलाई चाँडै नयाँ जनशक्ति चाहिने समेत आफूहरुको अपेक्षा रहेको जेलेन्स्कीको टिप्पणी छ ।

अर्कोतर्फ अमेरिकाले युक्रेनलाई थप २७ करोड ५० लाख अमेरिकी डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ । नयाँ अमेरिकी सहयोगमा अमेरिकी रक्षा प्रशासन पेन्टागनको सञ्चितीमा रहेका हतियार, गोलिगठ्ठा र अन्य सैन्य उपकरण समेत रहेको रोयटर्सले जनाएको छ । यससँगै अमेरिकाले हालसम्म युक्रेनलाई १८ अर्ब ५० करोड डलर बराबरको सैन्य सहयोगको घोषणा गरिसकेको छ ।

त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई थप परिपक्व हवाई प्रतिरक्षा प्रणाली सहयोग गर्ने विषयमा पनि तयारी भइरहेको जनाएका छन् । उनले ‘नासाम्स’ नामक हवाई प्रतिरक्षा प्रणाली युक्रेनतर्फ पठाउने विषयमा काम भइरहेको जनाएका हुन् ।

यसबाहेक अमेरिकाका साझेदारहरुसँग रहेका हवाई प्रतिरोधी प्रणाली पनि युक्रेनलाई सहयोग गर्ने विषयमा अमेरिकाले काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ४२ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी