नेपालमै पेन्सिल उत्पादन गरेर बेचिरहेका विश्वास | Khabarhub Khabarhub

नेपालमै पेन्सिल उत्पादन गरेर बेचिरहेका विश्वास

‘जसले विज्ञान विषय पढेर स्वदेशमै अनुसन्धान गरेर सफल भए’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : आफ्नो ठाँउमा पाइने स्थानीय स्रोत साधन परिचालन गरेर नेपालमा नै केही गर्नुपर्छ भनेर ४ वर्षको अनुसन्धानपछि विगत एक वर्षदेखि गृह जिल्ला रामेछापको मन्थलीमा ग्रिन सेभर प्रालिबाट कागजबाट पेन्सिल उत्पादन गर्दै आएका छन्, विश्वास श्रेष्ठ ।

श्रेष्ठले काठमाडौँको अमृत साइन्स क्याम्पसबाट आइएससी र त्रिचन्द्रबाट बीएस्सी पुरा गरेका छन् । अध्ययन सकिएसँगै विश्वासले साढे ४ वर्ष गाउँकै नजिकैको विद्यालयमा पनि शिक्षकको रुपमा अध्यापन गराएका छन् ।

विज्ञानका विद्यार्थी भएको नाताले पनि कलेजमा शिक्षकले कागजलाई पुन प्रयोग गरेर पेन्सिल बनाउन सकिन्छ भन्ने कुराको ज्ञान उनले पाएका थिए । सोही अनुरूप आफूले पढेको कुरालाई उनले व्यवहारमा उतारे ।

आज रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विश्व समुदायले पनि चिनोस् भनेर सगरमाथा पेन्सिल भनेर ग्रिन सेभर प्रालिबाट उनी प्रयोगमा आइसकेका कागजबाट पेन्सिल उत्पादन गर्दै . आएका छन् ।

नेपालमा अन्य देशबाट पेन्सिल आयात हुने तर स्वदेशमा उत्पादन किन नगर्ने भनेर प्रयोगमा आइसकेको कागज र पत्रपत्रिकाबाट उद्योग स्थापना गरेको विश्वास बताउँछन् ।

कसरी बन्यो स्वदेशमै पेन्सिल ?
अनुसन्धान गर्ने क्रममा सुरुमा पेन्सिल उत्पादन गर्दा केही नराम्रो भएको विश्वासको अनुभव छ । पछि पुन अनुसन्धान गरेपछि राम्रो बनेको र ग्रिन सेभर कम्पनी दर्ता गरेर उद्योग स्थापना भएको उनले बताए । आफू एक्लैको अनुसन्धानमा लागेको उनले सुरुमा उद्योग खोलेर कसरी चलाउने भनेर ? केही न केही कुरा सुनेको उनको भनाई छ ।

तर पनि साथीभाईले कागजबाट पेन्सिल बनाउनु नौलो कुरा हो भन्दै हौसला दिएको उनी बताउँछन् । हाल यस उद्योगबाट दुई किसिमका पेन्सिल उत्पादन भइरहेको उनले बताए । जसमा सगरमाथा भेल्भेट र कागजबाट बनेको सगरमाथा पेन्सिल उत्पादन भइरहेका छन् ।

भेल्भेटको चाही भुवाको प्रयोग गरिएको उनले बताए । सुरुमा मानिसहरूले कागजबाट पेन्सिल बन्छ भनेर अचम्म मान्ने गरेको उनी बताउँछन् । प्रयोग गरिसकेपछि सबै खुसी हुने गरेको उनले बताए । सुरुमा लगानी गर्न लाख रुपैयाँ हाराहारी लागेको उनी बताउँछन् । हाल उद्योगमा ८ जना कार्यरत रहेको उनले बताए ।

लगानीको अभावले बाह्य बजारमा पुग्न सकस
स्रोत र साधनको कमीले गर्दा ब्रान्डिङ र प्याकेजिङमा केही समस्या भएको विश्वास बताउँछन् । जसका कारण स्थानीय बजारमा नै हाललाई निर्यात गर्दै आएका छन् ।

बजारमा माग हुँदा पनि स्रोत साधनको अभावले सबै ठाउँमा आपूर्ति हुन नसकेको उनले बताए । दैनिक १ लाख पेन्सिल उत्पादन गरेर प्रत्येक विद्यार्थीको हातमा पुर्याउने लक्ष्य राखेको उनको भनाइ छ । केही मात्रामा बाहिरबाट आयात भएको पेन्सिलसँग बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको उनको भनाई छ ।

काठको प्रयोगले वातावरणमा पुर्याएको क्षति न्यूनीकरण गर्न पनि प्राकृतिक साधनलाई पुन प्रयोग गरौँ भन्ने नारा लिइएको उनले बताए । पेन्सिल बनाउनको लागि कागजको व्यवस्थापन गर्न स्टाफहरू अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् ।

लिड चाही अन्य देश भारत र चीनबाट ल्याउने गरेको उनले बताए । प्रति प्याकेट ५५ रुपैयाँमा व्यापारीलाई बेच्ने गरेको उनले बताए । जसमा १२ वटा पेन्सिल र एउटा इरेजरशार्पनर हुने उनको भनाई छ । व्यापारीले प्रति प्याकेट ८० रुपैयाँ र प्रति गोटा १० रुपैयाँमा बिक्री गर्ने गरेको विश्वास बताउँछन् ।

समाजसेवामा पनि झुकाव  
उनले कम्पनीबाट आम्दानी भएको रकमले रामेछापको सहयोगी मन भनेर सानो टिम बनाएका छन् । जसले रामेछाप जिल्लाका कुनै मानिसलाई सहयोग, राहतको खाँचोँ छ भने सो टिमबाट उपलब्ध गराउने गरेको बताए ।

यसैलाई मानवीय सहयोग भन्दा पनि वित्तीय रुपमा हेर्नु पर्ने उनको बुझाई छ । तर पनि साना तिना सहयोग गर्न पाउँदा उनीहरूको जीवनलाई सुधार्न पाउँदा खुसी महसुस हुने उनले अनुभव सुनाए ।

सफलताका लागि धैर्यता राखेर निरन्तरता दिन सुझाव
कुनै पनि काममा सफलता पाउनुछ भने त्यसलाई निरन्तरता दिन उनी सुझाउँछन् । प्रतिफल पाउन हतारिनु भन्दा पनि धैर्यता गर्न उनको सुझाव छ । केही नयाँ काममा हामी हात हाल्छौँ भने पहिला सो विषयमा ज्ञान लिएर अगाडि बढ्दा राम्रो हुने उनले बताए ।

समाजलाई केही दिन्छु भन्ने लाग्छ भने परिश्रम र धैर्यता गरेर लागेको खण्डमा सफल भइन्छ भन्ने उनी विश्वास गर्छन् । लाखौँ युवा विदेशिने क्रम बढ्दो रुपमा रहेको बताउँदै उनले बाहिर जानु मात्र समस्याको समाधान नभएको बताए ।

नेपालमा नै केही गर्न सकेको खण्डमा भावी पुस्ताले पनि सहजता पाउने उनले बताए । आफुभन्दाु ठुलाबडासगँ सल्लाह सुझाव लिर्नुपर्ने विश्वास बताउँछन् । यस्तै स्वदेशमा उत्पादन भएको वस्तुलाई सबैले प्रयोग गरेमा मात्र नेपाली रुपैयाँ बाहिर नजाने र रोजगारी अवसर यही मिल्ने उनको बुझाई छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ५८ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत