एनपीएल हेर्ने दर्शकसँग पार्किङ शुल्क उठाएकोमा त्रिविको आपत्ति « Khabarhub

एनपीएल हेर्ने दर्शकसँग पार्किङ शुल्क उठाएकोमा त्रिविको आपत्ति


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर क्रिकेट रंगशाला वरपर अवस्थित आफ्नो जग्गामा नेपाल प्रिमियर लिग क्रिकेटका दर्शकबाट पार्किङ शुल्क लिइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विश्वविद्यालयले यसरी पार्किङ शुल्क उठाउन कुनै प्रकारको अनुमति वा सम्झौता नगरेको उल्लेख गर्दै त्यो पूर्ण रूपमा अनधिकृत रहेको स्पष्ट पारेको छ।

नेपाल क्रिकेट संघद्वारा सञ्चालित एनपीएल खेल हेर्न आएका दर्शकले प्रयोग गरेका सवारी साधन रंगशाला नजिकै विश्वविद्यालयको जग्गामा पार्किङ गरिएबापत शुल्क उठाइएकोमा विरोध भइरहेको छ।

विश्वविद्यालयले कुनै व्यक्तिलाई वा संस्थालाई यस्तो शुल्क लिन अधिकार नदिएको र आफू अनविज्ञ रहेको जानकारी सार्वजनिक सूचनामार्फत् दिएको छ।

सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख लिली थापाले जारी गरेको सूचनामा सम्बन्धित निकाय र सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ३२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा