जसले ज्यान मुद्दामा ३८ वर्ष सजाय काटे, अन्ततः निर्दोष साबित भएसँगै रिहा भए… « Khabarhub

जसले ज्यान मुद्दामा ३८ वर्ष सजाय काटे, अन्ततः निर्दोष साबित भएसँगै रिहा भए…


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै अमेरिकामा ३८ वर्ष जेलमा सजाय काटेका एक जना रिहा भएका छन् । ज्यान मुद्दामा ३८ वर्षदेखि जेलमा सजाय काटिरहेका माउरिस ह्यास्टिङ्ग्स डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै रिहा भएका हुन् ।

सन् १९८३ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा रोबेर्टा वाइडरमायर नाम गरेकी महिलाको हत्यामा संलग्न रहेकोमा उनलाई सन् १९८८ मा दोषी ठहर गरिएको थियो । यसबाहेक हत्या प्रयासको दुई अभियोगमा पनि उनी दोषी पाइएका थिए ।

तर, नयाँ डीएनए प्रमाणबाट सन् २०२० मा जेलमा नै निधन भएका अर्का व्यक्तिले वाइडरमायरको हत्या गरेको साबित भएसँगै उनी रिहा भएका हुन् ।

सन् १९८३ मा वाइडरमायरको शव कारको डिक्कीमा फेला परेको थियो । उनको टाउकोमा गोलीको एउटा घाउ पनि पाइएको थियो । त्यसअघि उनीमाथि यौन दुव्र्यवहार समेत भएको बीबीसीले जनाएको छ ।

अभियोजनकर्ताहरुले ह्यास्टिङ्ग्सलाई हत्याको अभियोगमा मृत्युदण्डको माग गरेका थिए । यद्यपि अदालतले उनलाई कुनै माफीबिना आजीवन कारावासको सजाय सुनाएको थियो ।

वाइडरमायरको हत्यापछि पोस्टमार्टम गर्दा उनको शरीरमा वीर्यको नमूना भेटिएको थियो । ह्यास्टिङ्ग्सले पक्राउ परेदेखि नै आफू निर्दोष रहेको बताउँदै आएका थिए । सन् २००० मा उनले डीएनए परीक्षणका लागि गरेको आग्रह जिल्लाका अभियोजनकर्ताले अस्वीकार गरेका थिए ।

यद्यपि सन् २०२१ मा उनको आग्रह स्वीकार भएसँगै गत जुलाई महिनामा उनको डीएनए परीक्षण गरिएको थियो । डीएनए परीक्षणका क्रममा त्यस वीर्यको डीएनए उनीसँग नमिलेका कारण गत अक्टोबर २० मा अदालतले उनलाई निर्दोष साबित गरेको हो ।

उक्त वीर्यको डीएनए सशस्त्र अपहरणमा दोषी ठहर भएर सन् २०२० मा जेलमै मृत्यु भएका अर्कै मानिससँग मिलेको बीबीसीले जनाएको छ ।

रिहा भएसँगै हाल ६९ वर्ष पुगेका उनले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई कसैप्रति पनि आफ्नो पूर्वाग्रह नरहेको र बाँकी रहेको आफ्नो जीवन खुशीसाथ बिताउन चाहेको प्रतिक्रिया दिएका छन् ।

यता क्यालिफोर्निया राज्यको लस एन्जलस जिल्लाका अधिवक्ता जर्ज गास्कोनले यस घटनालाई ‘गम्भीर अन्याय’ को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ५ : ०७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको