विश्वकप नजिकिएसँगै कतारमा आप्रवासी कामदार विस्थापित बन्दै « Khabarhub

विश्वकप नजिकिएसँगै कतारमा आप्रवासी कामदार विस्थापित बन्दै


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खाली गर्न दबाब दिएका छन् ।

कामदारलाई विदामा बस्न दबाब दिइएपछि फिफा विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानीय बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिकाका कर्मचारी र सुरक्षा गार्डहरू करिब १२ वटा भवनमा पसेका थिए । फिफा विश्वकप नोभेम्बर २० बाट सुरु हुँदैछ ।

सरकारले ती भवनहरु ‘बस्न अयोग्य’ भएको, उचित सूचना दिइएको र सबै विस्थापितका लागि ‘सुरक्षित र उपयुक्त आवास’ को विकल्प खोजिएको जनाएको छ ।

मुख्यतया दोहाको अल मन्सुरा क्षेत्र आसपास हालका वर्षहरूमा व्यापक रूपमा पुनः विकास गरिएको छ र केही विश्व कप प्रशंसकहरूलाई त्यहाँका अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइएको छ । ती अपार्टमेन्टमा बसेर कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू सडकमा निकालिएका छन् ।

बङ्गलादेशी सवारी चालक युनुसले शनिबार बिहानै अल मन्सुराको एउटा सडकमा ‘फ्ल्याट बेड’ को ट्रकको पछाडि सुतेको बताए ।

उनले भने, “पहिलो रात अस्तव्यस्त थियो र सबैलाई अन्य ठाउँमा जान पर्याप्त ठाउँ थिएन । जे होस्, यो ट्रक मेरो जीवन हो र म यसलाई छोड्ने छैन जबसम्म मसँग सुरक्षित विकल्प आउने छैन । यहाँ म मेरो सवारी साधनलाई रोकेर राख्न सक्छु पार्क गर्न सक्छु ।”

अल मन्सौरामा रहेको २४ घण्टा सेवा चल्ने एक स्टोरका दक्षिण एसियाली म्यानेजरले एएफपीसँग कुरा गर्दै आफूले कामदारहरूलाई दुईवटा भवनबाट निकालिएको देखेको बताएका छन् ।

कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढीले भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट आई कामको शिलशिलामा स्थायी तथा अस्थायी बसोबास गर्ने गरेका छन् ।

कतारले विश्वकपका लागि अधिकांश चम्किला नयाँ रङ्गशाला र यातायात पूर्वाधार निर्माण गर्ने विदेशी कामदारहरूको व्यवहारबारेमा गहन जाँचको सामना गर्नुपरेको छ । जबजस्ती विदामा बस्न लगाइएका कादारहरूले तलब नपाएको भन्दै कतारको चर्को आलोचना हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले हालैका वर्षहरूमा स्थितिमा व्यापक सुधार भएको र कतारले आफ्नो सुधारलाई जोड दिएको बताएका छन् । तर अधिकार समूहहरूले अझै धेरै कार्य गर्न आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने