मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित) | Khabarhub Khabarhub

मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।

तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ। तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ। गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ।

दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ। कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो। उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो। अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो।

असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे।अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो।

अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो। असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो। असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो। धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन।

त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो। दूबो खाएपछि गणेशजीको पीडा शमन भयो। त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो।

गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ।

कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन्। तर गणेशजीले मान्नुभएन। रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन्। गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो।

राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन्। त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ५ : ५९ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा