चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन « Khabarhub

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ।

प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन्। चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका छन्।

बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो ब्लकमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको छ।

कोभिड प्रतिबन्धका कारण बासिन्दाहरू आगोबाट बच्न सकेनन् भन्ने विश्वास गरिएको छ। तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन्।

बीबीसीका एक पत्रकारलाई आइतबार सांघाईमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा पक्राउ गरिएको थियो।

एड लरेन्सलाई उनको गिरफ्तारीको क्रममा पुलिसले कुटपिट गरेको थियो। रिहा हुनुअघि धेरै घण्टासम्म राखेको थियो। बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले गिरफ्तारीको विरोध गरेका छन्। गिरफ्तार चिन्ताजनक भएको उनले ट्वीट गरेका थिए।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : १६ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य