मूर्ति बनाउँदै,परिवार पाल्दै « Khabarhub

मूर्ति बनाउँदै,परिवार पाल्दै


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सहजपुर- बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिकेका उनले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन् । उनले यसैबाट आफ्नो परिवारको जीवन पनि धानेका छन्।

सत्र वर्षको उमेरदेखि नै उनले निरन्तर रूपमा मूर्ति बनाउँदै आएका छन् । “बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले अर्डर दिएका मूर्तिहरू पनि बनाउनुहुन्थ्यो”, अमरले भने, “बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ, म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छु”, उनले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताए । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उनको भनाइ छ ।

यही पेसाबाट उनको सात जनाको परिवार चलेको छ ।  उनले सानै देखि यसै क्षेत्रमा आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताए । उनले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आएका छन् ।

सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उनको भनाइ छ ।  सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उनले भने, “अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।”

मासिक २५ देखि ३० हजारसम्म कमाउने उनले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्छन् ।  “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठुलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उनले भने, “समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।”

महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उनलाई तीन महिना लागेको थियो । उनले सो मूर्ति बनाएबापत आफूले रु एक लाख २० हजार लिएको बताए । उनले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाए ।

तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उनले बताए । करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ । अहिले उनी फूलबारीको एउटा मन्दिरले दिएको अर्डर अनुसारको मूर्ति बनाइरहेका छन् ।

मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उनले बताए । “मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु”, उनले भने। मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उनले बताए।

उनले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गरे । “मूर्ति बनाउन इच्छुक धेरै मानिसहरू छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने  काम भएको छैन ।” व्यावसायिक रूपमा मूर्तिको बजार राम्रो छ । “बजारमा मूर्तिको माग पनि राम्रै छ”, उनले भने, “तर हामीले यसलाई व्यावसायिक रूपमा लैजान सकेका छैनौँ ।”

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : २७ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण