काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता « Khabarhub

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो ।

पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो । बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएसँगै अर्को जहाजबाट यात्रुलाई सिमरा पठाउने तयारी भइरहेको विमानस्थलले जनाएको छ । जहाजमा ७० यात्रु सवार थिए । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : ०४ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको