रुससँग ऊर्जा सहकार्यमा साझेदारी गर्न चीन तयार : सी जिन्पिङ | Khabarhub Khabarhub

रुससँग ऊर्जा सहकार्यमा साझेदारी गर्न चीन तयार : सी जिन्पिङ


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो मुलुक रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् ।

उर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला रहेको बताउँदै उनले विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि यो सहयोग सकारात्मक शक्ति भएको उल्लेख गरेका छन् ।

राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति सीले नयाँ युगमा चीन र रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको रणनीतिक साझेदारीका सम्भावनाहरूमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ०९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका