ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरको ताला | Khabarhub Khabarhub

ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरको ताला


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्पनीको एउटा स्काभेटर र दुई वटा ट्याक्टरमा ताला लगाएको छ । दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै निर्माण कम्पनी लगलगे कन्स्ट्रक्सनको एउटा हुन्डाइ स्काभेटर, लु ३ त ८७६८ तथा ना ६ त २६१ नम्बरको ट्याक्टरलाई साङ्लोले बाँधेर ताला लगाइदिएको हो ।

करिब आठ महिना म्याद बाँकी रहँदा निर्माण व्यवसायीले निर्माणस्थलमा रहेको मेसिनरी सामान अन्यत्र लैजान थालेको पाइएपछि मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले टेकेटार पुगेर स्काभेटर र ट्याक्टरलाई फलामको साङ्लोले बाँधेर ताला झुण्ड्याइदिएका छन् ।

मेयर तीर्थराज भट्टराईको निर्देशनमा उपमेयर बिसन राईको उपस्थितिमा लगलगे कन्स्ट्रक्सनको हेभी इक्वीपमेन्टलाई ताला हालेर नियन्त्रणमा राखिएको हो । सडक स्तरोन्नतीको काम पुनस् सुचारु नहुञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि हेभी मेसिनरी सामानमा ताला लगाइएको नगर प्रवक्ता घिमिरेले स्काभेटरमा टाँस गरेको विज्ञाप्तीमा उल्लेख छ । ब्रेकरको मेसिन बोकेर दिक्तेलबाट बाहिरिँदै गरेको एउटा ट्याक्टरलाई भने बाटोबाट फर्काएर ताला लगाइएको हो ।

अस्पतालचोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै गत २० कात्तिममा निर्माण कम्पनी ढुकुछुरबगालेरबिएनटी जेभीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको नगरपालिकाले लगलगे कन्स्ट्रक्सनको मेसिन नियन्त्रणमा लिएर ताला लगाइदिएको हो । नगरपालिकामा आएर सडक स्तरोन्नतीको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेपछि २६ कात्तिकमा ढुकुछुरबगालेरबिएनटी जेभीको एक्स्काभेटर र व्याकहो लोडरको ताला खुला गरिएको थियो ।

लगलगे कन्स्ट्रक्सनले सटक स्तरोन्नतीको कामलाई द्रुत गतीमा सम्पन्न गर्नतिर लाग्नुको सट्टा निर्माणस्थलमा भएका सामान अन्यत्र लगेर कामलाई झनै पछि धकेल्न खोजेकाले ताला लगाइएको नगर प्रवक्ता घिमिरेले बताए । काम सुचारु गरेपछि मेसिनमा लगाइएको ताल्चा खुला गरिने नगरपालिकाले जनाएको छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त ४६ लाखमा सम्पन्न गर्नेगरी हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडकको ठाउँ–ठाउँमा ढलान तथा स्तरोन्नती गर्नेगरी ठेक्का लागेको थियो । २० माघ २०७८ देखि सुरु गर्नुपर्ने सम्झौता गरिएको सडकको एक पटक म्याद थप भइसकेको छ । तर थप म्यादको आठ महिना समय बाँकी रहँदा करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको प्रवक्ता घिमिरेले बताए ।

यस्तै, पहिलोपल्ट म्याद थप भइसक्दा दिक्तेलको भुते–जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अधुरै छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगाको २३ लाख ६८ हजारमा पुरा गर्नेगरी लगलगे कन्ट्रक्सनले भुते–जिरो प्वइन्ट सडक स्तरोन्नतीको ठेक्का लिएको थियो । २० माघ २०७८ देखि काम सुरु गर्ने सम्झौता भएको आयोजनाको म्याद पनि आठ महिना मात्र बाँकी छ ।

सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा नगरपालिकाको अन्य विकासमा अवरोध पुगेको साथै आवत–जावत गर्ने स्थानीयले सास्ती खेप्नु परेको घिमिरेले बताए । ‘नगरभित्रको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा नगरकै विकासमा अवरोध पुगिरहेको छ,’ घिमिरेले भने, ‘बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउन समस्या भइरहेको छ । आवतजावत गर्ने ज्येष्ठ नागरिक, अशक्त, वालबालिका र महिलालाई सास्ती भइरहेको छ ।’

मेयर भट्टराईले गत ३ कात्तिकमा पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगती, मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्देशन दिएका थिए । पत्रकार सम्मेलनको मितिबाट ३५ दिनभित्र काम सुचारु नगरे र तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्ने स्थिति नभए कानून बमोजिम हदैसम्मको कारबाहीका लागि नियमक निकायमा सिफारिस गर्ने चेतावनी दिइएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ४५ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा