विश्व इतिहासमा आजः ग्वाटेमालाको गृहयुद्ध समाप्तदेखि मंगोलिया स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आजः ग्वाटेमालाको गृहयुद्ध समाप्तदेखि मंगोलिया स्वतन्त्रसम्म


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २९ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त

सन् १९९६ मा ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो। राष्ट्रसंघको अुगमनमा ग्वाटेमालाको नेसनल रिभोलुसनरी युनिटीका कमान्डर रोलान्डो मोरान र राष्ट्रपति अलभारो अर्जुले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि आदिवाशी जनजाति तथा गरिब रीब वर्ग र सरकार पक्षबीच भएको साढे तीन दशक लामो गृहयुद्ध समाप्त भएको थियो। देशमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिकामा रहेको भन्दै मोरान र अर्जुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

आयरल्यान्डको स्थापनाः

राष्ट्रिय जनमत संग्रहमार्फत स्थापित नयाँ संविधानले आइरिस फ्रि स्टेटलाई नयाँ नाम दिएर सन् १९३७ मा आयरल्यान्ड स्थापना गरिएको थियो।

यसअघि आइरिस फ्रि स्टेट ब्रिटीश कमनवेल्थको अभिन्न अंग थियो। सन् १९२१ मा हस्ताक्ष्र गरिएको एंग्लो आइरिस सन्धिअन्तर्गत आइरिस फ्रि स्टेट स्थापना गरिएको थियो।

मंगोलिया स्वतन्त्र

सन् १९११ मा मंगोलिया स्वतन्त्र भएको थियो। सन् १९११ को मंगोलिया क्रान्तिपछि भूपरिवेष्ठित उत्तरपूर्वी एशियाली देश मंगोलिया किङ वंशबाट स्वतन्त्र भएको थियो। मंगोलियामा २०० वर्षसम्म किङ वंशले शासन चलाएको थियो।

वन्डेड नि क्रिकमा नरसंहार

सन् १९९० को २९ डिसेम्बरमा अमेरिकी सेनाको सातौ घोडाचढी फौजले लाकोटा जातिका सदस्यहरुलाई निशस्त्र पार्ने कोशिस गरेको थियो। लाकोटाले वन्डेड नि क्रिकमा क्याम्प खडा गरेर बसेका थिए।

निशस्त्र पार्ने क्रममा गोली चल्दा महिला र बालबालिकासहित सो जातिका १५० सदस्यहरुको मृत्यु भएको थियो। तर, सो क्षेत्रमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको इतिहासकारहरुको विश्वास छ। वन्डेड नि क्षेत्र अहिलेको दक्षिण डाकोटा राज्यमा पर्छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ६ : ३६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको