सोमालियामा भयावह लागूऔषध कारोबारको चेन | Khabarhub Khabarhub

सोमालियामा भयावह लागूऔषध कारोबारको चेन

‘जहाँ लागूऔषध खुवाएर महिलाहरुको बलात्कार हुन्छ’


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गरिबी, गृह युद्ध र कुपोषण सोमालियाका परिचित समस्या हुन्। यसै समस्यामा अर्को गम्भीर समस्याले सोमालिया आक्रान्त छ। गत वर्ष नै सोमालीयामा एउटा गम्भीर घटना भएको थियो।

बिच सडकमा २२ वर्षे युवतीको बेवारिसे शवले धेरैलाई चक्मा दिएको थियो। प्रहरीको छानबिनका अनुसार उनको निधन अत्याधिक लागु पदार्थ सेवनबाट भएको थियो। स्वास्थ्यकर्मीले दिएको जानकारी अनुसार उनी ओपीयोडको ओभर डोजका कारण ज्यान गुमाउन बाध्य भएकी थिइन्।

सामाजिक सञ्जालमा उनलाई चिन्नेहरूका अनुसार लामो समय देखि लागु पदार्थको डोज लिने गरेकी थिइन्। टिकटकमा उनको भिडियो धेरैले हेरेको समयमा अझ धेरै लागु पदार्थको सेवन गर्ने गरेकी थिइन्। प्रहरीले पनि त्यहाँ युवतीहरूमा यो समस्या बढेको जनाएको छ।

त्यहाँ धेरैले कानुनले मान्यता दिई सकेको गाँजा सेवन गर्ने गरेका छन्। उनीहरू रक्सी पिउन खप्पिस छन्। त्यत्ति मात्र होइन, उनीहरू धेरै जना निन्द्रा लाग्ने औषधीमा रमाउने गरेका छन्।

उनीहरूले सिधै नसामा नै यसलाई सुइँ मार्फत पठाउने गरेका छन्। यसमा मोरफाइन, ट्रामाडोल, पेथीडाइन र सोडाइन पर्छन्। गत डिसेम्बरमा मात्र धेरै खेपको चिकित्सकको प्रेसक्रिप्सनको तस्करी भएको फेला पारेको थियो। मोगादीसु अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता कार्यमा संलग्न अभियुक्तलाई प्रहरीले गिरफ्तार गरेको थियो।

चिकित्सकहरूले जनाए अनुसार चक्की र सुईबाट प्रयोग गरिने औषधी सोमालीयामा अत्यन्त धेरै लोकप्रिय छ। चिकित्सकहरू प्रशासन र सञ्चारकर्मीसँग आफ्नो कुरा राख्न सक्छन्, तर सुरक्षाको डरले सबै कुरा प्रस्ट भन्न सक्दैनन्। यस्ता नसाको रूपमा प्रयोग गर्न सकिने धेरे औषधी चिकित्सकको सिफारिस बिना नै औषधी पसलमा खरिद गर्न सकिन्छ।

सुर्तीको रूपमा चपाउने अर्को एक लागु औषध पनि त्यहाँ अत्यन्त लोकप्रिय छ। त्यस पदार्थले त मुख र खाँटीको क्यान्सरको जोखिम बढाएको कुरा बारम्बार जनाइएको छ। यो डरले खासै त्यहाँ छोएको जस्तो पनि देखिँदैन।

२३ बर्सिया अमिनी अब्दी आफ लागु औषधको सेवनमा लिप्त भएको पाँच वर्ष भइसकेको बताउँछिन्। उनकै विचारमा चपाएर प्रयोग गरिने टाब्बु पनि पछिल्लो समय सोमालियाको गम्भीर समस्या हो। उनी सञ्चारमाध्यममा यो कुरा प्रस्ट राख्न चाहन्छिन्। किनकि, यसले धेरैमा यसले बहस चलाउने छ र बिस्तारै एडिक्सनबाट बाहिर निकाल्न सक्ने छ।

उनी पनि आफूसँगै बस्ने गरेका केटीहरूको साथमा टाब्बु प्रयोग गर्न सुरु गरेको बताउँछिन्। उनले टाब्बुबाट सुरु भएको लागु औषध प्रयोगको यात्रा बिस्तारै सिरिन्जमा प्रवेश गरेको बताउँछिन्। पछिल्लो समय ट्रामाडोल र पृथीडाइन उनको जीवनको मुख्य बाच्ने आधार भएका छन्।

श्रीमान्सँगको सम्बन्धमा खटपट आएपछि उनको लागु औषध सेवनको मात्रा आकासिएको थियो। उनले अहिले सम्बन्ध विच्छेद गरी सकेकी छिन्। हाल उनी छोरीसँग बसेकी छन्। उनले आफ्नो पूर्व श्रीमान् नै लागु पदार्थ सेवनमा अत्यधिक वृद्धि हुनुको एउटा मुख्य कारण भएको बताउँछिन्। पछिल्लो समय त उनी कारमै र त्यस्तै परिहाले बाटोमै निदाउने गरेकी थिइन्।

उनी अहिले लागु पदार्थको यो दलदलबाट बाहिर निस्कन चाहन्छिन्। तर, यो सहज छैन। सोमालियामा राम्रो पुन स्थापना केन्द्र तथा लागु औषध छुटाउने त्यस्तो खास कुनै स्थान छैन। अब्दी अहिले सिरिन्जको दुनियाँबाट बाहिर आएकी छन्। उनी टाब्बु चपाउने तथा सिसाको धुवाँ लिने आदतबाट भने टाढा भएकी छैनन्।

विद्यालय तहमा रहेका छोरीहरूमा नै लागु औषधको समस्या बढ्दै गए पछि यसले अभिभावकहरूमा स्वाभाविक त्रास फैलिएको छ। यसरी आत्तिनेमा आमा नै धेरै छन्।

खादिनो अडानलाई पनि पछिल्लो समय आफ्नो १४ बर्सिया छोरीको गतिविधि केही नमिलेको जस्तो महसुस हुन थालेको छ। छोरीलाई धेरै जसो सुतिरहने तथा असामान्य व्यवहार गर्ने भए पछि यसले आमालाई स्वाभाविक रूपमा चिन्तित तुल्याएको छ। एक दिन छोरीको ब्यागमा ट्राम्पोडील चक्की र टाब्बु फेला पारे पछि उनी आश्चर्यचकित परेकी थिइन्।

छोरी माथि केरकार गर्दा धेरै दबाब र स्ट्रस हटाउन लागु औषधको सेवन गरेको कुरा बताएकी थिइन्। त्यस पछि उनीहरूले इस्लाम सेखहरूले सञ्चालन गरेको केन्द्रमा छोरीलाई पठाएकी थिइन्। त्यसै केन्द्रमा केही दिन बसे पछि उनी लागु औषधको यो दलदलबाट बाहिर निस्केकी हुन्।

धेरै अभिभावकका लागि आफ्ना बच्चाका लागि यस्ता केन्द्र पाउन धेरै कठिन छ। समलिङ्गी, पागल तथा अन्य मानसिक समस्या भएकाहरूलाई यस्ता केन्द्रमा पनि राखिने छैन। उनीहरूको अवस्था त साँच्चीकै खराब भएको हुन्छ। सोमालियाको लागु औषधबारे जानकारी लिई रहनेका अनुसार पछिल्लो समय यसको कारोबारको चेन धेरै गहिराइसम्म पुगी सकेको छ। प्रशासनलाई यस चेनले छाडी सकेको छ।

सोमालिया अहिले ४ दशक यताकै खराब खडेरीको मारमा परेको छ। त्यत्ति मात्र होइन, तीन दशकदेखि गृह युद्धको चपेटामा पनि छ। सोमालियाको उत्पादन त्यहाँका आधारभूत आवश्यकता पनि पुरा गर्न सकी रहेको छैन। यस बिचमा देखिएको यो एउटा गम्भीर समस्याले त धेरैलाई अप्ठेरोमा पारेको छ।

ग्रिन क्रसेन्ट सोसाइटीले अहिले विद्यालयमा नै गएर यसबारेमा सचेतना जगाउन सुरु गरेको छ।

सिराद मोहम्मद नुरले मामा उगासो फाउन्डेसन सञ्चालनमा ल्याएका छन्। यस फाउन्डेसनको उद्देश्य पनि बच्चाहरूमा लागु औषध कारोबारको समस्या हटाउने नै हो। सचेतना कार्यक्रम मार्फत बच्चाहरूमा लागुऔषधप्रतिको आकर्षण घटाउन आफूहरू सफल भएको नुर बताउँछन्।

महिला तथा मानव अधिकार विकास मन्त्रालयका अनुसार ४० प्रतिशत भन्दा बढी सडक बालक लागु औषध सेवन गर्ने गरेका छन्। सोमालियाका सडक बालकमध्ये २० प्रतिशत बालिका छन्। यसको १० प्रतिशत ६ वर्ष भन्दा कम उमेरका छन्।

गम र चपाउने खैनी त्यहाँको सामान्य समस्या बनी सकेको छ। मन्त्रालयकै अनुसार त्यहाँ १० प्रतिसतले कडा खालको निदाउने औषधी सेवन गर्छन् भने १७ प्रतिसतले अर्को सामान्य खालको औषधी सेवन गर्छन्।

सीमान्तकृत युवाहरूमा बढ्दो लागु औषधको कारोबारले मात्रामा वृद्धि गरेको छ। त्यहाँको अर्को एक संस्था सोमाली पब्लिक एजेन्डाले दिएको जानकारी अनुसार सियल विरो नामको एउटा ग्याङले मोगादिसु भरिनै आतङ्क मच्चाएको छ।

महिलाहरूबाट गलत लाभ लिने सोचका साथ पनि लागु औषधको प्रयोग हुने गरेको पाइएको छ। यो क्रम दक्षिणी सहर बायोडीयामा अझ बढी छ। त्यहाँ महिलाहरूलाई कडा खालको निन्द्राको औषधी दिएर बलात्कार गरिएका धेरै घटना छन्।

यी सबै घटनाक्रमले त्यहाँ एचआइभीको जोखिम पनि अत्यधिक बढाउन सक्ने सम्भावना देखिएको छ। पछिल्लो समय सिरिन्जको प्रयोगकै कारण भाइरस सङ्क्रमणको जोखिम बढेको हो।

पछिल्लो समय यसको विक्री वितरण गर्ने माथि लक्षित गरेर नै ओपीयोडको प्रभाव घटाउन सकिने विषयमा बहस सुरु भएको छ। प्रहरीले फार्मेसीबाटै यसको अभियान सुरु गरेको छ। केही औषधी पसले त यसबाट चाँडो फाइदा मिल्ने र छिटो आर्थिक प्रगति हुने भएकाले खुलम खुला विक्री गर्ने गरेको समेत बताउँछन्।

पछिल्लो समय यस समस्याको समाधानका लागि अभिभावकको पनि सक्रियता नबढेको होइन। यसै सक्रियताले उनीहरूलाई त्यहाँबाट बाहिर निकाल्न धेरै सहयोग गर्ने छ।

समस्याको पहाड बनेको सोमालियमा बढेको लागु औषधको यो समस्याबाट पार पाउन सायद अझै धेरै लामो संघर्ष गर्नुपर्ने छ।

(स्रोत : बीबीसी)

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १२ : १५ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि