कागती खेतीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

कागती खेतीबाट मनग्य आम्दानी


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

डुम्रे– सरकारी सेवाबाट निवृत्तभएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गरेका छन् । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त भएका उनले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यवसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याएका छन् । 

तनहुँ बन्दीपुर गाउँपालिका-१ तल्लोटारका रानाले भने ‘बाँझो जमिनको उपयोग र जागिरका क्रममा सिकेको सीपको सदुपयोग हुने र मेरो खाली समय गुजार्न सहयोग पुग्ने लक्ष्यका साथ कृषि कर्ममा लागेको छु ।’ खेतीयोग्य जमिन खेर गएको देखेर पनि यो योजना बनाएको उनले बताए । ‘खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो अवस्थामा छ ।  बाँझिएर खेर गएको जमिनको सदुपयोग गर्नुपर्छ’, उनी भन्छन् । जमिन खेर जानुभन्दा कागती खेती गरी निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउन कृषिमा निवृत्त समय उपयोग गर्ने उद्देश्यले यसमा लागिरहेको राना बताउँछन्।

कागतीको बिरुवा लगाएको एक वर्षदेखि नै उत्पादन दिन थालेको उनी बताउँछन् ।’दुई वर्षमा फल्नुपर्ने कागती एक वर्षमा नै उत्पादन दिन थालेको छ । फूल फालेर पनि एक लाख जतिको कागती बिक्री गरिसकेको छु’, उनले भने। सेवा निवृत्तको खाली समय खेर गए को जमिनमा उपयोग गर्दै २१ रोपनी क्षेत्रफलमा आठ सय कागती रोपण गरेको उनले बताए । आम्दानी हुनुका साथै आफ्नो खेर जाने समय उपयोग गर्न बाँझो जमिनमा कागती खेती गरेको उनी बताउँछन् ।

उनले यहाँ कागती खेती सुरु गरेको करिब दुई वर्ष छ महिना भएको छ । उनले उक्त फार्ममा तीन प्रजातिका कागती लगाएको बताए। सुन कागती एक, सुन कागती दुई र मद्रासी प्रजातिको कागती लगाएका छन् । ‘सुन कागती एकको उत्पादन बाक्लो र राम्रो फलेको छ । यसमा रोग कम लाग्छ । सुन कागती एकको रसिलो र सुगन्ध आउँछ । सुन कागती दुई अलि पातलो फलेको छ । दाना र बोक्रा पातलो हुन्छ । मद्रासीको उत्पादन राम्रो छैन । मद्रासी कागतीको हाँगा पलाउने, ठूला दाना रसिलो भए पनि सुगन्ध नआउने र यसको उत्पादन कम हुन्छ’, किसान रानाले भने ।

तीनपटक फूल काटेर फाल्दासमेत छ क्विन्टल कागती उत्पादन भएको उनले बताए । अर्को सालदेखि उत्पादन दिने आशा गरेको उनी बताउँछन् । खेर गएको बाँझो जमिनको उपयोग हुने र बारीमा काम गर्दा आफ्नो शारीरिक स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर कागती खेती सुरुआत गरेको उनी बताउँछन् ।

सुरुको वर्षमा करिब एक लाख जतिको उत्पादन गरिसकेको रानाले बताए । फूल टिपेर फाली उक्त आम्दानी भएको उन बताए। ‘बाँझो जमिन उपयोग गर्ने लक्ष्यले युवालाई कृषि कर्मतर्फ प्रोत्साहन गर्नेछ । जमिन बाँझिने क्रम घटाउन सहयोग पुग्नेछ’, रानाले भने । 

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जिल्ला उत्कृष्ट कागती खेती भएको दाबी गरे। उनले बाँझो जमिनको उपयोगलाई प्राथमिकता दिन सकेमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नरहेको बताए।

युवालाई कृषिमा आबद्ध गराउन धनबहादुरको कागती खेती उदाहरणीय भएको उनको भनाइ छ । बाँझो जमिनलाई उपयोग गरी फरक-फरक खेती गर्न सके स्थानीयस्तरमा नै बजार पाउने उनले बताए।

स्थानीय उत्पादनको बजार अभाव

भारतीय कागती आउन थालेपछि स्थानीय उत्पादनले बजार पाउनै मुस्किल रहेको छ । उत्पादनको लागत नै नआउने गरी बिक्री गरिँदासमेत स्थानीय उत्पादनले बजार नपाउँदा समस्या रहेको कृषक धनबहादुर बताउँछन्।

‘बजार अभाव हुने विषयमा पहिले नै अनभिज्ञ रहेको होइन तर पनि आफैँ कृषक भएर काम गर्दा अझ कृषकको पीडा थाहा पाइने रहेछ’, कृषक रानाले भने, ‘दशैँ-तिहारको समयमा मुग्लिनको बाटो बन्द भएको अवस्थामा कागतीको माग ह्वात्तै बढेको थियो । अहिले भारतीय कागती कम मूल्यमा पाइन्छ । यहाँको महँगो भनेर बिक्री गर्न समस्या हुने गरेको छ ।’

स्थानीय उत्पादनको बिक्री वितरण तथा बजारको व्यवस्थापन सरकारले नै गर्नुपर्ने अवस्था रहेको ज्ञान केन्द्र प्रमुख तिवारी बताउँछन्। विशेषगरी स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले स्थानीय उत्पादनको बजारको व्यवस्थापन गरिदिएमा किसानलाई सहज हुने उनको सुझाव छ । कृषि ज्ञान केन्द्र तनहुँले बाँझो जग्गामा व्यावसायिक खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले अनुदानको व्यवस्था गरेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गराउन यस कार्यक्रम ल्याइएको ज्ञान केन्द्रले जनाएको छ । 

फलफूल खेतीका लागि युवालाई प्रोत्साहन गर्न यो योजना ल्याइएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए। उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा जिल्लाका १२ कृषि फार्मलाई अनुदान दिइएको छ । बाह्र कृषि फार्मलाई आठ लाख पाँच हजार अनुदान प्रदान गरिएको उनले जानकारी दिए । 

‘विशेषगरी विदेशबाट फर्किएर बाँझो जग्गा उपयोग गरी खेती गरेका कृषि फार्मलाई मात्रै अनुगमन र अध्ययन गरी अनुदान उपलब्ध गराएका छौँ । यसले उनीहरुको व्यवसाय फस्टाएको अनुभूति गरेको छु’, उनले भने । विभिन्न प्रजातिका फलफूल खेती गरेका कृषकलाई मात्र अनुदान प्रदान गरिएको उनले बताए । कागती ३४ रोपनी, सुन्तला ४३ रोपनी, एभोकाडो सात रोपनी, केरा नौ रोपनी, ड्रागन फ्रुट १० रोपनी क्षेत्रफल बाँझो जग्गामा खेती गरिएको केन्द्रले जनाएको छ । जिल्लामा कुल एक सय सात रोपनी क्षेत्रफलको बाँझो जग्गामा फलफूल खेती भइरहेको छ । केन्द्रले रु २५ हजारदेखि रु एक लाख ७५ हजारसम्म फार्मलाई अनुदान दिएको छ ।

ज्ञान केन्द्रले उपलब्ध गराएको अनुदानले कृषि फार्मको सुधार भएको कृषक बताउँछन् । फार्मको उत्पादन गर्न प्रोत्साहन मिलेको उनीहरूको भनाइ छ । ज्ञान केन्द्रले आँबुखैरेनी र म्याग्दे गाउँपालिका सहित भानु, व्यास, भिमाद नगरपालिकाका किसानलाई अनुदान उपलब्ध गराइरहेको छ ।

– मिला दरै रासस

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १ : ०६ बजे

कोशीका पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले गुहारे प्रशासन

विराटनगर– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यहाँस्थित सामाजिक विकास

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर

काठमाडौं– प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८

परराष्ट्रमन्त्रीसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.