कर्णालीमा लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै « Khabarhub

कर्णालीमा लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको सङ्ख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७७-०७८ मा प्रदेशभरि लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८-०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

कर्णाली प्रदेशमा पनि लागूऔषध नियन्त्रणमा चुनौती रहेको प्रहरीले जनाएको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक सय १३ ग्राम ब्राउन सुगर, तीन ग्राम चरेश र चार सय ६ ग्राम गाँजा बरामद गरिएको छ । यही अवधिमा ४४ वटा लागूऔषधका ट्याब्लेटहरू बरामद गरेको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७-७८ मा ८४ ग्राम ब्राउन सुगर, ३६ किलो चरेश, ४० किलो गाँजा, पाँच सय ६९ वटा नाइट्रोभेट ट्याब्लेट, एक हजार एक सय ११ ट्रमाडोल र दुई सय ५३ वटा नाइट्राजेपाम बरामद गरिएको थियो । यस्तै, गत आर्थिक वर्ष २०७८-०७९ मा ब्राउन सुगर एक सय १० ग्राम, चरेश एक केजी सात सय ९३ ग्राम, अफिम एक केजी आठ सय ग्राम, गाँजा नौ सय २८ ग्राम र ट्याब्लेट एक हजार आठ सय ७४ वटा बरामद गरिएको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार हालसम्मको विवरण हेर्दा सुर्खेतमा सबैभन्दा बढी सेवनकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७७-०७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए भने ९४ जना पक्राउ परेका थिए । यो संख्या पछिल्ला आर्थिक वर्षहरूमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७८-०७९ मा ६९ वटा मुद्दा दर्ता भएकोमा एक सय १८ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा यहाँ लागूऔषधसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जना पक्राउ परेका छन् ।

लागूऔषध कारोबार र सेवनमा १५ देखि २२ वर्ष उमेर समूहका बढी पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । नेपाल-भारत सीमा रुपैडिया नाकाबाट ल्याइएको लागूऔषध सुर्खेतसहित कर्णालीका अन्य जिल्लासम्म ओसारपसार हुने गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ६ : ३१ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार