पेरिस- फ्रान्सका विद्यार्थी र शिक्षक समूहहरूले मङ्गलबार हडतालको आह्वान गरेका छन् । उनीहरूले शिक्षा क्षेत्रमा खर्च बढाउन सरकारमाथि दबाब जारी राखेका छन्।
फ्रान्समा यस अघि भएका प्रदर्शन हिंसात्मक हुँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । आन्दोलनले हिंसात्मक प लिएपछि सरकारले देशका शहरी क्षेत्रमा व्यापक सुरक्षादस्ता परिचालन गरेको थियो ।
फ्रान्सले हप्ताौँदेखि विद्यालय बन्द र प्रदर्शनलाई निरन्तरता दिएको छ । शिक्षक र विद्यार्थी सङ्घका ट्रेड युनियनहरूले शनिबार नयाँ आन्दोलनको घोषणा गर्दै संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “उनीहरूको आन्दोलन ‘शक्तिशाली अवस्थामा छ र सरकार कमजोर अवस्थामा छ र झुक्न थालेको छ।”
वक्तव्यमा भनिएको छ, “सरकारमाथि दबाब कायम राखेर आन्दोलनलाई फराकिलो बनाउने यही बेला हो। यसका लागि मङ्गलबार एक दिन पुनः देशव्यापी हडतालको आह्वान गरिएको छ।”














प्रतिक्रिया