कर्णालीमा लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै « Khabarhub

कर्णालीमा लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको सङ्ख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७७-०७८ मा प्रदेशभरि लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा सो अभियोगमा एक सय ३६ जना पक्राउ परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८-०७९ मा ९५ वटा मुद्दा दर्ता भए । उक्त वर्ष एक सय ७२ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षको हालसम्म ७२ जना पक्राउ परेकोमा ४१ वटा मुद्दा दर्ता भइसकेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

कर्णाली प्रदेशमा पनि लागूऔषध नियन्त्रणमा चुनौती रहेको प्रहरीले जनाएको छ । कर्णालीमा चालु आर्थिक वर्षका झन्डै साढे पाँच महिनामा एक सय १३ ग्राम ब्राउन सुगर, तीन ग्राम चरेश र चार सय ६ ग्राम गाँजा बरामद गरिएको छ । यही अवधिमा ४४ वटा लागूऔषधका ट्याब्लेटहरू बरामद गरेको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७-७८ मा ८४ ग्राम ब्राउन सुगर, ३६ किलो चरेश, ४० किलो गाँजा, पाँच सय ६९ वटा नाइट्रोभेट ट्याब्लेट, एक हजार एक सय ११ ट्रमाडोल र दुई सय ५३ वटा नाइट्राजेपाम बरामद गरिएको थियो । यस्तै, गत आर्थिक वर्ष २०७८-०७९ मा ब्राउन सुगर एक सय १० ग्राम, चरेश एक केजी सात सय ९३ ग्राम, अफिम एक केजी आठ सय ग्राम, गाँजा नौ सय २८ ग्राम र ट्याब्लेट एक हजार आठ सय ७४ वटा बरामद गरिएको प्रहरीको तथ्यांक छ ।

प्रहरीका अनुसार हालसम्मको विवरण हेर्दा सुर्खेतमा सबैभन्दा बढी सेवनकर्ता र ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७७-०७८ मा ४९ वटा मुद्दा दर्ता भएका थिए भने ९४ जना पक्राउ परेका थिए । यो संख्या पछिल्ला आर्थिक वर्षहरूमा बढ्दै गएको छ । आर्थिक वर्ष २०७८-०७९ मा ६९ वटा मुद्दा दर्ता भएकोमा एक सय १८ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा यहाँ लागूऔषधसम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जना पक्राउ परेका छन् ।

लागूऔषध कारोबार र सेवनमा १५ देखि २२ वर्ष उमेर समूहका बढी पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । नेपाल-भारत सीमा रुपैडिया नाकाबाट ल्याइएको लागूऔषध सुर्खेतसहित कर्णालीका अन्य जिल्लासम्म ओसारपसार हुने गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ६ : ३१ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने