पहिचान संरक्षणका लागि भुवा पर्व « Khabarhub

पहिचान संरक्षणका लागि भुवा पर्व


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हे भाइ भैराला चेलाउ, भैला झाउ कोघरू ठकु¥याइलो होला
हरे भाइ हदेली लिइ सानावली, सुनजल्याखी सोघरू ठकु¥याइलो होला
हरे भाइ निरश निरशतमे बाहिरनाई पाटाखानी लाइहाल्यो खेल
हरे भाइ कसोरी निबसु हामे बाहिरनाई धुलो पुण्याइनु हाम्रो गाथ
हरे भाइ उरस्याउली, धुर स्याउली फटकाइहेल गाथ छु परतुडी तेर
हरे भाइ सात्या पोको, भात्या पोको राज बक्सिस्
हामु चाहियो पँहेलो पिठायो ।

माथिका हरफ खप्तडछान्ना गाउँपालिकामा भुवा खेल्नेहरूले गाउने श्लोक हुन् । महाभारतमा पाण्डव र कौरवबीचको युद्धका बेलामा पाण्डव पक्षले विजयका लागि गरेको सङ्घर्षको कथालाई माथिको श्लोकमा वर्णन गरिएको छ ।

द्वापरयुगमा पाण्डवको विजयपश्चात् गरिएको ¥यालीमा सबै ठाउँबाट विजयोत्सवका साथै मनोरञ्जनका लागि सबै ठाउँबाट जागरुक हुनुपर्ने सन्देश दिइएको छ । भैलो खेल्न जाँदा सुरुमा वल्लो पल्लो गाउँबाट आउनेले ठूलो स्वरमा कुन घरमा खेल्ने ? सबैभन्दा पहिले कुन घरमा खेल्दा उचित हुन्छ ? भन्दै प्रश्न गर्ने र अर्को गाउँबाट सबैभन्दा सम्पन्न, धेरै सम्पत्ति भएको घरबाट भैली खेल्ने कुराकानीपछि सबै एकै ठाउँमा जम्मा हुने र भैली खेल्ने सन्देश माथिको श्लोकमा छ ।

खप्तडछान्ना–५ पिठातोलाका माधव जोशीका अनुसार पौराणिक कालमा पाण्डव र कौरवको लडाइँ मात्रै नभई विकासका काम पनि गरेको हुँदा भुवा पर्व खेल्नेले त्यसबखतको विकासलाई समेत जोड्ने गरेका छन् । श्लोकमा भैलारा खेल्नेहरूलाई सरसफाइदेखि सबै चिल्लो कपाल बनाएर मनोरञ्जनमा बोलाउने र आएकाहरूलाई पहेँलो पिठायो दिनका लागि भैली माग्न आग्रह गर्ने गरेको उनले बताए ।

पौराणिक कालमा भएका घटनाक्रमलाई सुदूर तथा मध्यपश्चिममा मौलिक पर्वका रूपमा मनाउँदै आएका छन् । केही जानकारका अनुसार सिन्धुघाँटीको सभ्यतादेखि जुम्ला सभ्यता हुँदै फैलिएका जिल्लामा भुवा खेलिँदै आएको छ भने केहीले पौराणिक कालमा पाण्डवका भाइहरू १४ वर्ष वनबास बस्दा कुनै ठाउँमा छोडेको चिनोका कारण मनाउँदै आएको बताउँछन् ।

खप्तडछान्ना–७ का ७० वर्षीय बिर्मल चौहान पाण्डवले छोडेको चिनारी भएको ठाउँमा भुवा खेलिने बताउँछन्। चौहानका अनुसार छान्नामा मात्रै हेर्ने हो भने पनि दर्जनभन्दा बढी ठाउँमा पाण्डवका भाइहरूले ढुङ्गा गाडेको, ढुङ्गा बोकेको तथा केही ठाउँमा डाँडा काटेर खोला बनाएको किम्बदन्ती छ । गडराय, पाटादेवल, सुतारीगाउँ, बामिलीमा ढुङ्गा गाडेको, खप्तडमा अवस्थित केदार ढुङ्गा पाण्डव भाइ भीमले भारतको केदारनाथबाट गादो (कपडाको अगाडिको भाग) मा बोकेर ल्याएको, छान्नाको बीच भागमा खनेर खोला भएको भन्ने किम्बदन्ती भएका कारण पाण्डवको विजयस्वरूप छान्नाका सबैजसो गाउँमा भुवा मनाउँदै आएको उनले बताए ।

पाण्डव र कौरवको युद्धको बेलामा ढाल तरबारको प्रयोगले लडाइँ गरेको हुँदा वर्तमान समयमा पनि पौराणिक कथाको सम्झनास्वरूप पर्व मनाउँदै आएको नेपाली कांग्रेस बझाङमा नेता जगत्प्रसाद जोशीले बताए । “पौराणिक कालदेखि नै चलिआएको हुँदा यसलाई पहिचानका रूपमा लिइएको छ । भुवा पर्व हाम्रो संस्कृति जस्तै हो । यसलाई जोगाउनका लागि नयाँ पुस्ता पनि सक्रियताका लागि सबै एकजुट हुनुपर्छ”, उनले भने ।

भुवा पर्व सुदूरपश्चिममा मात्रै नभई कर्णाली प्रदेशमा पनि प्रख्यात छ । सुदूरका बाजुरा, बझाङ र अछाममा मनाइने भुवा पर्व गएको शुक्रबार मध्यरातिदेखि सुरू भएको हो । प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुने भुवा पर्वलाई सुदूरपश्चिममा दसैँपछिकै दोस्रो ठूलो पर्व मानिन्छ ।

मष्टा गाउँपालिकाका उपाध्यक्ष हर्क धामीमा अनुसार प्राचीन नेपाली समुदायमा सुरू भएको पर्व अहिले संस्कृति नै भइसकेको छ । “सुदूरपश्चिममा जुम्ला सभ्यतासँगै भुवो पनि फैलिएको हो,” उनले भने, “नेपाली समुदायका हरेक पर्वहरू पूर्खादेखि नै चल्दै आएका हुन् यसलाई कालान्तरसम्म लिनका लागि नयाँ पुस्ताले पनि चासो दिनुपर्छ ।” यसलाई जोगाउनका लागि सम्बन्धित सबै निकाय जाकरूक हुनुपर्ने उनले बताए ।

कुनै ठाउँमा भुवो खेल्दा गाउँमा छैटी खेल्ने चलन पनि छ । बडिमालिका नगरपालिका–१ पाटा बाजुराका धनराज पण्डितले भने, “हाम्रोतिर पर्वसँगै घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको छैटीसमेत माग्ने चलन पनि छ । छैटीमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज पनि गरिन्छ ।”

उनका अनुसार बाजुरामा पनि फरक फरक तरिकाले भुवा पर्व मनाउने गरिन्छ । भुवाका श्लोकहरू पनि पाण्डवको जितसँगै आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरकरफरक गाउने गरिन्छ । “कुनै गाउँमा मुकुट लगाई श्रृङ्गार गरी कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ”, उनले भने ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ८ : ५३ बजे

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर