रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु « Khabarhub

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् ।

भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

घटनामा ट्याक्टरमै सवार नुवाकोट सूर्यगढी नगरपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोलका ५० बुद्धमान बल भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ९ : ४६ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको