नेपालीले बनाउँंदै जर्मन प्रविधिको होफम्यान क्लिन « Khabarhub

नेपालीले बनाउँंदै जर्मन प्रविधिको होफम्यान क्लिन


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य इँटाभटाको इटा पोल्ने स्ट्रक्चर पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका छन् । तर पोखराको पोल्याङमा नेपाली स्वयंले विशेष प्रकारको इँटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाएका छन् । झण्डै ४० वर्ष अगाडि भक्तपुरको चाइनिज इँटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इँटा तथा टायल कारखानामा जस्तै इँटा पाल्ने प्रविधिको निर्माण नेपालीहरू स्वयंबाट सफल भएको हो ।

पोखराको पोल्याङको एक रोपनी क्षेत्रमा यो काम झण्डै एक सय वर्षदेखि भइरहेको छ । झण्डै ३० करोडको लगानीमा ५० नेपाली कामदार यो काममा खटिरहेका छन् । निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको जनाइएको छ ।

पोखरा इको रेड ब्रिक्स प्रालिले नेपालमा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादनका लागि यो काम गराइरहेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका प्रोपाइटर इन्जिनियर कृष्णभक्त दुवालले सामान्य इँटाभटा नै भारतको विहारीहरुले गराउनुपरिरहेको बेला अत्याधुनिक प्रविधिको इँटाभटा नेपालीले नै बनाइरहेको बताए । ‘सामान्य इँटाभटा फोर्स डग नै विहारीबाट गराउनु परिरहेको बेला नेपालीहरुबाटै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इँटा पोल्न आधुनिक भट्टाको निर्माण गराइरहेका छौं,’ इन्जिनियर दुवालले भने, ‘५० नेपालीहरुबाट झण्डै एकवर्षदेखि हामीले यो काम गराइरहेका छौं र यो सम्पन्न हुने क्रममा पुगेको छ ।’

विगत ४९ वर्षदेखि यो क्षेत्रमा कार्यरत बंगलादेशी विज्ञ परामर्शदाता पारिमल दासको परामर्शमा यो काम भइरहेको जनाइएको छ । यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको जनाइएको छ । उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँं प्रविधिको इँटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरु कार्यरत रहेको दुवालले जानकारी दिए । अहिले इँटाभटाको धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना भएकाले नयाँं प्रविधिको इँटाभटा सञ्चालन योजनाका साथ आफूहरुले काम गरिरहेको दुवालले जानकारी गराए ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ । मेसिनले इँटा पोल्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्ने जनाइएको छ । अहिले नेपालमा इँटा पार्ने काम मानिसबाट हुने गर्छ ।यो प्रविधिबाट इटा उत्पादन गर्दा १२औं महिना कारखाना सञ्चालन हुने गर्दछ । इँटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ ।

इँटा घाममा राखेर नभई आफैं सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इटा बनाउन सकिने भएको हो । अन्य सामान्य इँटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछन् । प्रत्येक वर्ष मंसिरमा सुरु भई चैत वैशाख महिनामा उद्योग बन्द हुने गर्दछन् । असारमा पानी पर्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन् । नेपालमा पहिलादेखि चल्दै आएका यस प्रविधिमा आधारित दुईवटा चाइनिज इँटा उद्योग थिए । तर यी दुवै भक्तपुर इँटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इँटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन् । तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  ९ : ३६ बजे

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज