आज आइतबार सूर्यदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित) « Khabarhub

आज आइतबार सूर्यदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दुधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

यस्तो छ पूजा गर्ने बिधिः

आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ । पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ । साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि । सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम् । ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे । निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस् । यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : १५ बजे

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई