विश्वभर २४ घण्टामा २१ लाखले जिते कोरोना « Khabarhub

विश्वभर २४ घण्टामा २१ लाखले जिते कोरोना

सङ्क्रमणमुक्त हुने दर बढ्दै


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै गएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २१ लाख ३ हजार सङ्क्रमित निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

जसअनुसार विश्वभर कोरोना मुक्त हुनेको सङ्ख्या २९ करोड ४४ लाख पुगेको छ। यस्तै २४ घण्टामा २५ लाख ९ जना नयाँ सङ्क्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड २ लाख नाघेको छ।

यस्तै ७ हजार ५ सय जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ७५ हजारभन्दा धेरै छ। अझै पनि ७ करोड २७ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९४ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ५४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ५८ लाख निको भएका छन्। ९ लाख ६ हजारको भने मृत्यु भएको छ।

अमेरिकामा अझै पनि २ करोड ८६ लाख सक्रिय सङ्क्रमित रहेकामा २३ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

चार करोड १० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा भने ३ करोड ८६ लाख निको भएका छन्। ४ लाख ९४ हजारको मृत्यु भएको छ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु