विश्वभर २४ घण्टामा २१ लाखले जिते कोरोना « Khabarhub

विश्वभर २४ घण्टामा २१ लाखले जिते कोरोना

सङ्क्रमणमुक्त हुने दर बढ्दै


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै गएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २१ लाख ३ हजार सङ्क्रमित निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

जसअनुसार विश्वभर कोरोना मुक्त हुनेको सङ्ख्या २९ करोड ४४ लाख पुगेको छ। यस्तै २४ घण्टामा २५ लाख ९ जना नयाँ सङ्क्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड २ लाख नाघेको छ।

यस्तै ७ हजार ५ सय जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ७५ हजारभन्दा धेरै छ। अझै पनि ७ करोड २७ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९४ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ५४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ५८ लाख निको भएका छन्। ९ लाख ६ हजारको भने मृत्यु भएको छ।

अमेरिकामा अझै पनि २ करोड ८६ लाख सक्रिय सङ्क्रमित रहेकामा २३ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

चार करोड १० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा भने ३ करोड ८६ लाख निको भएका छन्। ४ लाख ९४ हजारको मृत्यु भएको छ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : ४० बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र