सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह « Khabarhub

सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह

राष्ट्रका निम्ति गरेको बलिदानको सम्झना


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ।

बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ।

सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झनामा सहिद दिवस मनाइन्छ।

यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको सहिदको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीहरुको सम्झना गरिएको छ।

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो।

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो।

यस वर्ष माघ १० गते अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा तथा दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको सालिक र पूर्ण कदका सालिक राखिएका छन्।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०० बजे

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको