यी हुन् जाडोमा बदाम खानुका फाइदाहरू « Khabarhub

यी हुन् जाडोमा बदाम खानुका फाइदाहरू


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बदाम भन्ने बित्तिकै धेरैले जाडोमा सुन्तलासँग घाममा बसेर खाएको कल्पना गर्छन् । पारिलो घाम ताप्दै साथीभाइसँग गफ गर्दै बदाम खानुको मज्जै बेग्लै हुन्छ । तर त्यो भन्दा बढी बदामले स्वास्थ्यमा लाभ पुराउँछ । स्वाद र पौष्टिकताले भरपुर बदाम खाँदा मष्तिस्क तेज हुनुका साथै मुटुलाई पनि लाभ प्रदान गर्छ ।

यस्ता छन् बदाम खानुका फाइदाहरू :

– तौल घटाउँछ
बदाममा फाइबरको मात्रा भरपुर हुने भएकाले बदाम खाँदा छिट्टै भोक लाग्दैन । फलत तौल व्यवस्थापनमा बदामले मद्दत गर्छ ।

– स्मरणशक्तिमा लाभ
बदाममा भिटामन बी ३ पाइन्छ । यसले स्मरणशक्ति बढाउने र तेज बनाउन मद्दत गर्छ ।

– डिप्रेसनमा लाभ
बदाममा हुने ट्राइपटोफन तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । स्ट्रेस र तनावबाट मुक्त हुन दैनिक बदाम खाँदा लाभ पुग्दछ ।

– गर्भवतीलाई लाभदायी
गर्भमा बढिरहेको बच्चाको विकासको लागि गर्भवती महिलाले बदाम खानु लाभदायी हुन्छ ।

– मधुमेह र कोलेस्टेरोल नियन्त्रण
बदाममा पाइने म्याग्रेसियमले शरीरमा ब्लड सुगरको तह कायम राख्न मद्दत गर्छ । साथै यसमा पाइने फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ ।

– क्यान्सरको जोखिम कम
बदाममा पाइने आइरन, एन्टिअक्सिडेन्ट, जिंक र फोलेट क्याल्सियमले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि सहयोग गर्छ । साथै यसमा पाइने फाइटोस्टेरो तत्वले ट्युमरलाई नियन्त्रण गर्छ । जसले क्यान्सर हुनबाट जोगाउँछ ।

– मुटु र छालमा लाभ
बदाममा पाइने एन्टि अक्सिडेन्ट र खनिज तत्वले हार्ट स्ट्रोक वा मुटुसम्बन्धी रोगबाट बचाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेल निकालेर छालालाई नरम बनाउँछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ३२ बजे

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका