मदिराको अवैध कारोबार गर्ने चार पक्राउ « Khabarhub

मदिराको अवैध कारोबार गर्ने चार पक्राउ


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले भारतबाट चोरी पैठारी गरी नेपालमा रक्सीको अवैध कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा गादी घर भई बुढानिलकण्ठ क्षेत्रमा बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा काठमाडौंका शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाँडीगाउँ बस्ने रविन पाख्रिन र सर्लाही बरहथवा घर भई चाबहिल बस्ने नारायणप्रसाद घिमिरे छन् ।

प्रहरीले पक्राउ व्यक्तिहरुको साथबाट रेड लेबल, ब्ल्याक लेबल, अबसोलुट भोड्कालगायतका रक्सीहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चातः थप अनसन्धान तथा कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ । बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६० काटुन, दोस्रो पटक २०० काटुन र तेस्रो पटक ३०० कार्टन ब्ल्याक लेबल, रेड लेबल, विभास रिंगल र ऐप्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा विक्रि वितरण गरेको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/watch/?v=4702787349786282

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १ : ४५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार