कालीकोटमा औद्योगिक ग्राम बन्दै « Khabarhub

कालीकोटमा औद्योगिक ग्राम बन्दै


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म–कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो ।

देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिका छन् ।

छनोटमा परेका स्थानीय तहले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको अध्यक्ष चौलागाईंले बताए । ‘औद्योगिक ग्रामका लागि जग्गाको र त्यसको डिपिआर बनाएर मन्त्रालयमा पठाएपछि औद्योगिक ग्रामका रुपमा छनोट भएको हो’, उनले भने । औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीतिअनुसार पूर्वाधारसहित डिपिआर मन्त्रालयमा पेस गरेको र त्यसैका आधारमा सङ्घीय सरकारले रकम विनियोजन गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, सामान प्रदर्शनी स्थल तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले रकम हस्तान्तरण गरेको चौलागाईंले बताए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  १० : ३० बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’