आज ६९ औँ विश्व कुष्ठ रोग दिवस « Khabarhub

आज ६९ औँ विश्व कुष्ठ रोग दिवस


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ६९ औँ विश्व कुष्ठ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण औपचारिक कार्यक्रमहरू नगरिए पनि स्वास्थ्यसम्बद्ध निकायहरूले सामान्य रूपमा सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका हुन् । ‘शून्य कुष्ठ रोगका लागि हाम्रो प्रतिबद्धता, आत्म सम्मानका लागि ऐक्यवद्धता’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइएको छ ।

कुष्ठ रोग दिवस सन् १९५४ देखि विश्वभर मनाउन थालिएको हो । जनवरी महिनाको अन्तिम आइतबारका विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण भएको मुलुक घोषणा गरिएको थियो । तर, पनि नयाँ बिरामी देखिने क्रम रोकिएको छैन । नेपालमा हरेक वर्ष करिब तीन हजार बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।

कुष्ठ रोगको समयमै उपचार हुन नसके रोगीहरू अपाङ्ताको शिकार हुने र ज्यानसमेत जाने जोखिम हुन्छ । समयमै उपचार गराए यो रोग पूर्ण रूपमा निको हुन्छ । तर, रोग लुकाउने र घरपरिवारले पनि घरमा कोही कुष्ठ रोगी भएको बताउन नचाहने सोचका कारण पनि उल्मूलनमा बाधा उत्पन्न हुँदै आएको छ ।

शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै दागमा रौँ झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ३ : २८ बजे

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश