आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात « Khabarhub

आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ।

मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो।

राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनायो।

हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय इनिङ खेले। उनको अर्धशतकीय इनिङले टिमलाई जित दिलाउन सकेन। उसका लागि वासिङ्गटन सुन्दर ४० र रोमारियो शेफर्टले २४ रन बनाए।

राजस्थानका युजभेन्द्र चाहलले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले दुईदुई विकेट हात पारे।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २१० रन बनाएको थियो। राजस्थानका कप्तान सन्जु सामसनले ५५ रनको अर्धशतकीय इनिङ खेले। देबदुत पडिकलले ४१, जोश बट्लरले ३५, शिम्रन हिटमयेरले ३२ रन जोड्दा यासभी जैशवालले २० रन बनाए।

हैदरावादका टी नटराजन र उम्रान मलिकले दुईदुई विकेट लिए। जितसँगै राजस्थानले दुई अंक जोडेको छ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ४२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना