भट्टराई र चन्दलाई मणिराज वाङमय पुरस्कार « Khabarhub

भट्टराई र चन्दलाई मणिराज वाङमय पुरस्कार


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका साहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको विविध पुरस्कार एवम् अभिनन्दन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुरस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा रोकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशिको मणिराज वाङमय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरेको छ ।

प्रतिभा पुरस्कार दीपकप्रकाश बाँस्कोटालाई प्रदान गरिएको छ । स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुरस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खडगबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’नामक यात्रा वृत्तान्त पुस्तक समेत लोकार्पण गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ३७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा