एमाले अध्यक्ष ओलीले देशभरका पालिकालाई सम्बोधन गर्दै « Khabarhub

एमाले अध्यक्ष ओलीले देशभरका पालिकालाई सम्बोधन गर्दै


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बुधबार) पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिनेछन् ।

कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै दर्ता भएका सबै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ८ : ३२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका