साउदीमा २१ नेपाली युवाको बिचल्ली, म्यानपावर भन्छन् : ‘समस्या थाहा छ पहल गर्छौँ’ « Khabarhub

साउदीमा २१ नेपाली युवाको बिचल्ली, म्यानपावर भन्छन् : ‘समस्या थाहा छ पहल गर्छौँ’



दोहा – रोजगारीका लागि साउदी अरब पुगेका २१ नेपाली युवा बिचल्लीमा परेका छन् । राम्रो काम र पारिश्रमिक दिने आश्वासन पाएर त्यहाँ पुगेका उनीहरू अलपत्र परेका हुन् ।

काठमाडौँमा रहेको एयस इन्टरनेशनल ग्रुप, दैलेख ओवरसिज र नेशनल एक्सपोर्ट म्यानपावर कन्सल्टेन्सी प्रालिमार्फत तीन महिना गएकाहरू दमाममा अलपत्र परेका हुन्।

प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ७० हजारसम्म बुझाएर साउदीमा रहेको अब्दुल्ला किङ् किसा भन्ने कम्पनीमा पुगेको र कम्पनीले काम र तलब दुबै नदिँदा समस्यामा परेको भरत शाहीले गुनासो गरे ।

‘म्यानपावरले होटेल हिल्टन र क्राउन प्लाजामा वेटर, किचेन हेल्फर र रुम ब्वाईको लागि मासिक तलब एक हजार तीन सय साउदी रियाल भनेर पठाएको हो ।,’ भरतले भने, ‘करिब डेढ महिना काम गर्‍यौ अहिले फेरि ग्यास प्लान जा भनेर अर्को ठाउँमा सारेको छ ।’

काम गरेको तीन महिना हुँदा दुई सय रियाल मात्र दिएको उनीहरूको भनाइ छ । आफूहरूलाई सुरुमा १८/१९ दिन कम्पनीको कोठामै रहेको,अहिले  पनि १२ दिनदेखि कोठामै बसिरहेको र कम्पनीले कुनै वास्ता नगरेको बताएका छन् ।

‘त्यो दुई सयले तीन-तीन महिना कसरी खानु? रोजगारदातासँग काम गरेको तलब पटक–पटक माग्दा पनि उपलब्ध गराएको छैन।’, शाहीले भने,  ‘कमाएर घर पठाउने कुरै छाडौँ, छाक टार्न धौ-धौ भएको छ । सुक्खा रोटी खाएर बाँचेका छौँ।’

आफूहरू अलपत्र परेकोबारे समन्धित मेनपावरलाई जानकारी गराए पनि अहिलेसम्म कुनै सहयोग नगरेको बरु फोनसमेत उठाउन छाडेको उनीहरू बताउँछन् । आफूहरुको पटक–पटक रियादस्थित नेपाली दूतावासलाई समस्या राख्दा पनि कुनै सुनवाइ नगरेको उनीहरूले आरोप लगाएका छन् ।

आफूहरूले काम गरेको तलब दिलाई सकुशल उद्धार गरी श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन यसै संचारमाध्यममार्फत उनीहरूले आग्रह गरेका छन् ।

यसो भन्छन् म्यानपावर कम्पनी 

म्यानपावरका सञ्चालकहरूले आफूहरूले भने अनुसारको काम र तलब नपाएकाहरूलाई नेपाल फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

नेशनल एक्सपोर्ट म्यानपावर कन्सल्टेन्सीका सञ्चालन सनम डिथाले कम्पनीको कारण समस्यामा परेको भन्ने जानकारी आएको बताए । ‘हामीले पठाएको १२ जना नेपाली समस्या परेको जानकारी छ, समस्या समाधानको लागि कम्पनीसँग समन्वय भइरहेको छ।’ उनले भने ।

एयस इन्टरनेशनल ग्रुपका जेनेरल मेनेजर सन्दीप कार्कीले पनि आफ्नो म्यानपावरबाट गरेका ४ जना नेपाली समस्यामा स्विकार्दै कम्पनीका एचआरसँग सम्पर्क गरी तत्काल खाना लगायतको व्यवस्था गरिएको बताए ।

दैलेख ओभरसिज प्रालिका सञ्चालकसँग भने पटक -पटक सम्पर्क गर्दा केही बोल्न चाहेनन् ।

कुन म्यानपावरबाट को ?

नेशनल एक्सपोर्ट म्यानपावर कन्सल्टेन्सीबाट 
१. भरत शाही
२. मुकेश तिवारी
३. हरि चरण थारु
४. विनय कुमार थारु
५. सुमन पौडेल
६. इन्द्र प्रसाद ढकाल
७. दिल प्रकाश बुढा
८. भरत तमडार
९. खगेन्द्र थापामगर
१०. सञ्जीव चौधरी
११.  सन्तोष न्यौपाने
१२. कुमार मजकोटी

दैलेख ओभरसिजबाट
१ . सनम सुनार
२. नबिन थापा
३ . अमर बहादुर खत्री
४ . अचलराम बाझी
५. एकराज ओली

एयस इन्टरनेशनल ग्रुपबाट 
१. शेरबहादुर कुमाल
२. टोप बहादुर खड्का
३.  दिपक चौधरी
४. दिपेन्द्र ओली

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ३३ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना