यस्ता छन् नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत थम्पसन « Khabarhub

यस्ता छन् नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत थम्पसन


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले वर्तमान अमेरिकी राजदूत र्‍यान्डी बेरीपछि उच्च तहका अमेरिकी कुटनीतिज्ञलाई नेपालमा राजदूतको रुपमा पठाउन लागेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि राजदूतमा प्रस्ताव गरेको नयाँ अमेरिकी राजदूत थम्पसन उच्च तहका अनुभवी कुटनीतिज्ञ हुन्।

दक्षिण एसियाका प्राय सबै देशको अनुभव समालेका थम्पसनलाई नेपालको लागि राजदूत नियुक्त गरिएसँगै अमेरिकाले नेपाललाई दिएको महत्वको रुपमा हेरिएको छ। बेरिको कार्यकाल गत वर्ष सकिएपनि कोभिड महामारीका कारण अमेरिकी विदेशमन्त्रालयले थप एक वर्ष थप गरी नेपालमै राखेको थियो। बेरी पनि नेपालबाट बढुवा भएर फर्किँदैछन्।

ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेको उल्लेख गरेको छ। यसअघि उनी मध्य र दक्षिण एसिया क्षेत्रका लागि कार्यवाहक सहायक मन्त्री समेत भएका थिए।

मलेसियाको राजधानी  क्वालालम्पुरस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुखका रुपमा समेत काम गरेको अनुभव उनीसँग छ। थम्पसनले रोमानियाको राजधानी बुखारेस्टस्थित अमेरिकी दूतावासमा समेत नियोग उपप्रमुखको रुपमा काम गरेका थिए। उनले भारतको कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। थम्पसनले श्रीलङ्काको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखका रुपमा काम गरिसकेका छन्।

अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा राखिएको व्यक्तिगत विवरण अनुसार थम्पसन दक्षिण एशियामा धेरै अनुभव सँगालेका अमेरिकी परराष्ट्र सेवाका बरिष्ठ कूटनीतिज्ञ हुन्। २५ वर्ष लामो कूटनीतिक अनुभव भएका थोम्प्सन सिधै अमेरिकी विदेशमन्त्रीहरूको टिममा समेत बसेर काम गरिसकेका कूटनीतिज्ञ हुन्। अमेरिकाको मध्य र दक्षिण एशियासँगको कूटनीतिक सम्बन्ध हेर्ने कुटनीतिज्ञका रुपमा कार्यरत थम्पसन अमेरिकी सिनेटबाट अनुमोदनपछि नेपाल आउँनेछन्।

रोमानियन र बंगाली भाषा समेत दख्खल राख्ने थम्प्सनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । त्यस्तै नेसनल वार कलेजबाट उनले राष्ट्रिय सुरक्षा रणनीति मा स्नातकोत्तर गरेका छन्। विदेश मन्त्रालय प्रवेश गर्नुअघि उनले अमेरिकी रक्षा मन्त्रीको सचिवालयमा काम गरेका थिए। थम्प्सनले रक्षा मन्त्रालयबाट आणविक अप्रसार मुद्दाहरू लगायत दक्षिण कोरियाको सुरक्षा सहायता लगायत मुद्दाहरू हेरेका थिए।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : ५९ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका