पुरानो क्षेप्यास्त्र परीक्षण गरेर ‘उत्तर कोरियाले झुक्यायो’ « Khabarhub

पुरानो क्षेप्यास्त्र परीक्षण गरेर ‘उत्तर कोरियाले झुक्यायो’


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले यसै साता परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र नयाँ नभई पुरानो शैलीको भएको दक्षिण कोरियाले जनाएको छ ।  उत्तर कोरियाले गत बिहीबार ह्वासोङ १७ नामक ‘भीमकाय’ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो ।

‘ह्वासोङ १७ परीक्षण गरेको उत्तर कोरियाली दाबी झूठो भएको दक्षिण कोरिया र अमेरिकी जासुसी निकायले निष्कर्ष निकालेका छन् । यो वास्तवमा ह्वासोङ १५ थियो । त्यसैले हामी उत्तर कोरियाले झुक्यायो भनिरहेका छौं ।’ पूर्व सैनिक अधिकारी समेत रहेका दक्षिण कोरियाली सत्तारुढ डेमोक्र्याटिक पार्टीका नेता मिन होङ चुलले भने ।

ह्वासोङ १५ लाई उत्तर कोरियाले अन्तिमपटक सन् २०१७ मा परीक्षण गरेको थियो । यही क्षेप्यास्त्रको अघिल्लो साता पनि असफल परीक्षण भएको बताइएको छ ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बताउँदै यो क्षेप्यास्त्रले ६ हजार किलोमिटरको उचाईमा पुगी १ हजार किलोमिटर टाढा जापानी जलक्षेत्रमा खसेको जनाएको थियो ।

नयाँ वा पुराना जुनसुकै शैलीको क्षेप्यास्त्र भएपनि पछिल्लो परीक्षणबाट उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्रलाई अझ परिष्कृत बनाएको दक्षिण कोरियाली एवम् जापानी सैनिक विश्लेषकहरुलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन च्यानल एबीसीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १ : ०८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण