पलको निवेदनउपर उच्च अदालतमा पहिलो सुनुवाइ « Khabarhub

पलको निवेदनउपर उच्च अदालतमा पहिलो सुनुवाइ


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाबालिका बलात्कार आराेपमा जेलमा रहेका अभिनेता पल शाहकाे निवेदन उपर उच्च अदालत पाेखरामा पहिलाे सुनुवाइ भएकाे छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । जिल्ला अदालत तनहुँले धराैटीमा रिहाइकाे आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पाेखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएकाे थियाे । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकाेमा अदालतले थप अनुसन्धानकाे लागि पुर्पक्षमा पठाउने आदेश दिएकाे थियाे । जिल्ला अदालतकाे आदेशबाट असन्तुष्ट भएकाे भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएकाे सुनुवाइपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेकाे सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

निवेदन दिए पनि थप अनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएकाे थुनछेककाे आदेश र आदेश जारी गर्दाकाे प्रतिलिपी, प्रमाण माग गरेकाे उनकाे भनाइ छ । तनहुँ अदालतकाे आदेशबारे निर्क्याैल गर्न पुनः बहस हुनेछ । पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ३ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित