पाकिस्तानमा अविश्वासको प्रस्तावमा आइतबार मतदान, इमरान खान दुई मतले अघि « Khabarhub

पाकिस्तानमा अविश्वासको प्रस्तावमा आइतबार मतदान, इमरान खान दुई मतले अघि


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा आगामी आइतबार अर्थात् अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मामिला मन्त्री शेख रसिदले खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने जानकारी दिएको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

गत सोमबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने मन्त्री रसिदको भनाइ छ । उनले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल हुने समेत उनको भनाइ छ । प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

ट्रिब्युनका अनुसार ३४२ सिट रहेको संसद्मा प्रधानमन्त्री खानको सरकार विपक्षीभन्दा केबल २ मतले अघि रहेको छ । अविश्वासको प्रस्ताव पारित गर्नका लागि पाकिस्तानी संसद्मा १७२ मत आवश्यक पर्छ । यद्यपि हालै खानको दलका सांसद् खयाल जमानको मृत्यु भएकाले संसदीय समिकरण अझ जटिल बनेको बताइएको छ ।

हाल विपक्षीसँग १६९ र सत्ता गठबन्धनसँग १७१ सिट सुरक्षित रहेको ट्रिब्युनले जनाएको छ । यस्तो अवस्थामा संसद्‍मा एक सिट मात्रै रहेको जमात ए इस्लामी पार्टीको मतले प्रधानमन्त्री खानको भविष्य निर्धारण गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : ३७ बजे

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण