प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की « Khabarhub

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर विभिन्न काम गरेको बताएका हुन् ।

त्यस्तै कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको धारणा राखेका छन् । उनले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतले निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेका छन् ।

कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार नीतिको कार्यान्वयनका लागि आवश्यक ऐन कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै अन्य सहभागीहरूले कोरोना प्रभावित पत्रकारहरूका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : २९ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित