प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना हुँदा ८ शान्ति सेना मारिएका छन् । कङ्गोको पूर्वमा पर्ने उत्तरी किभु प्रान्तमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका सैनिक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा ८ जना सवार रहेको र दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा ६ जना पाकिस्तानी एक सर्बियाली र एक रुसी नागरिक रहेको कङ्गोमा तैनाथ शान्ति मिसन मोनुस्कोले जानकारी दिएको छ ।

उद्धारकर्ताहरुले मृतकको शवलाई उक्त प्रान्तको राजधानी गोमा शहरमा ल्याइपुर्‍याएको सीएनएनले जनाएको छ । संयुक्त राष्ट्रसंघस्थित पाकिस्तानी प्रतिनिधिको कार्यालयले दुर्घटनामा मारिएका आफ्ना सैनिकको पहिचान गरिएको र उनीहरुका आफन्तलाई पनि दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ ।

पूर्वी कङ्गोमा मार्च २३ आन्दोलन (एम २३) नामक विद्रोही समूहले हिंसा मच्चाउँदै आएको छ । छिमेकी मुलुकहरु रुवाण्डा र युगाण्डाले यो समूहलाई सहयोग गर्ने गरेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोले आरोप लगाउने गरेको छ । सोही द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तैनाथ छ ।

यता कङ्गोको सेनाले भने एम २३ विद्रोहीले संयुक्त राष्ट्रसंघको हेलिकोप्टर खसालेको आरोप लगाएको छ । यद्यपि हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ०८ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध