प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना हुँदा ८ शान्ति सेना मारिएका छन् । कङ्गोको पूर्वमा पर्ने उत्तरी किभु प्रान्तमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका सैनिक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा ८ जना सवार रहेको र दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा ६ जना पाकिस्तानी एक सर्बियाली र एक रुसी नागरिक रहेको कङ्गोमा तैनाथ शान्ति मिसन मोनुस्कोले जानकारी दिएको छ ।

उद्धारकर्ताहरुले मृतकको शवलाई उक्त प्रान्तको राजधानी गोमा शहरमा ल्याइपुर्‍याएको सीएनएनले जनाएको छ । संयुक्त राष्ट्रसंघस्थित पाकिस्तानी प्रतिनिधिको कार्यालयले दुर्घटनामा मारिएका आफ्ना सैनिकको पहिचान गरिएको र उनीहरुका आफन्तलाई पनि दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ ।

पूर्वी कङ्गोमा मार्च २३ आन्दोलन (एम २३) नामक विद्रोही समूहले हिंसा मच्चाउँदै आएको छ । छिमेकी मुलुकहरु रुवाण्डा र युगाण्डाले यो समूहलाई सहयोग गर्ने गरेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोले आरोप लगाउने गरेको छ । सोही द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तैनाथ छ ।

यता कङ्गोको सेनाले भने एम २३ विद्रोहीले संयुक्त राष्ट्रसंघको हेलिकोप्टर खसालेको आरोप लगाएको छ । यद्यपि हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु