यी हुन् संसारमै सबैभन्दा लामो जिब्रो भएका भारतीय « Khabarhub

यी हुन् संसारमै सबैभन्दा लामो जिब्रो भएका भारतीय


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०।८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ एडनबराका अनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो ।

आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन थाले । झन्डै उनले आखाँ छुन्छन् ।

रकम अभावमा उनले आफ्नो जिब्रो आधिकारिक रूपमा गिनिज रेकर्डबाट मापन गर्न सकेनन् । तर, देशकै सबैभन्दा लामो जिब्रो भएको भन्दै उनले आफ्नो नाम भारतको लिम्का बुक अफ रेकर्डमा भने दर्ता गराउन सफल भएका छन् ।

केही वर्षअघि प्रवीणले एक मिनेटमा २१९ पटक जिब्रोले नाक छोएपछि एसिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

गिनिज रेकर्डअनुसार हाल क्यालिफोर्नियाको सालिनासका निक स्टोबर संसारकै सबैभन्दा ठूलो जिब्रो भएका व्यक्ति हुन् । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेन्टिमिटर छ । योे प्रविणको भन्दा ० दशमलब ८ सेन्टिमिटर छोटो हो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ३० बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित