नभएको कि प्रयोग गर्न नजानेको ? युक्रेनमा रुसी सेनाका क्यामोफ्लज– धूपीका हाँगा, च्यादर, पराल « Khabarhub

नभएको कि प्रयोग गर्न नजानेको ? युक्रेनमा रुसी सेनाका क्यामोफ्लज– धूपीका हाँगा, च्यादर, पराल


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा लडिरहेको रुसी सेनासँग पर्याप्त छद्म आवरण (क्यामोफ्लज) को अभाव रहेको देखिएको छ । अमेरिकाबाट प्रकाशित हुने वाशिंटन पोष्टले जनाएअनुसार युक्रेनी आक्रमणबाट बच्न एवम् आफू अनि आफ्ना सैनिक उपकरणलाई युक्रेनी फौजबाट लुकाउन रुसी सेनाले रुखको हाँगा, खर पराल अनि च्यादरजस्ता सामानको प्रयोग गरिरहेको जनाएको हो ।

यससँगै अब्बल मानिएको रुसी सेना दिगो युद्धका लागि अपुग तयारीका साथ युक्रेन पुगेको देखिएको छ । क्यामोफ्लजलाई आधुनिक युद्ध लड्न आधारभूत अङ्ग मानिन्छ ।

चालकरहित हवाई उपकरण ड्रोन, अन्तरीक्षबाट लिइने तस्वीर र इन्फ्रारेड जडित दूरबिनजस्ता अत्याधुनिक सैनिक उपकरणको विकास भएको समयमा क्यामोफ्लजले सैनिक उपकरणबाट आउने तापको चिन्हलाई धुमिल बनाउन, दुश्मनलाई झुक्याउन लगायत काम गर्दछ ।

तर क्यामोफ्लजको प्रयोगमा रुसी फौजले उतिसारो ध्यान नपुऱ्याएको वाशिंटन पोष्टले जनाएको छ । हालै सामाजिक सञ्जालमा सार्वजिनक भिडियोमा युक्रेनी प्रतिरोधको सामना गरिरहेको जस्तो देखिने रुसी फौजको लस्करले ट्यांकको छेउपट्टीको भागमा धूपीको हाँगालाई क्यामोफ्लजको रुपमा प्रयोग गरेको देखिन्छ ।


त्यस्तै, अरु केही तस्वीरमा रुसी सेनाले खर परालले बख्तरबन्द गाडी छोपेकोजस्तो देखिन्छ । त्यस्तै, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अर्को तस्वीरमा भने ट्यांकलाई च्यादर वा यस्तै भारी कपडाले छोपेको देखिन्छ ।

‘यो हतास हुनुको परिणाम हो ।’ इराक र अफगानिस्तानमा सेवा गरेका अवकासप्राप्त अमेरिकी सैनिक अधिकारी माइक जेसनलाई उद्धृत गर्दै वाशिंटन पोष्टले जनाएको छ ।

अमेरिकी सैनिक कार्यविधिमा रोकिरहेको सैनिक सवारीलाई क्यामोफ्लजको जालोले छोप्ने चलन छ । अमेरिकी सेनामा केही समयकै लागि भएपनि यस्तो कार्यविधि भंग नगरिने जनाइएको छ ।

तर, रुसी फौजले भने धूपीको हाँगा, खर पराल र च्यादरलाई समेत क्यामोफ्लजका रुपमा प्रयोग गरिरहेका छन् । ‘केही नहुनुभन्दा राम्रो’ भएपनि रुससँग गतिलो उपकरण नभएको वा रुसी सैनिकले यसको उचित प्रयोग गर्न नसकेको जेसनको भनाइ छ ।

सैनिक उपकरणबाट आउने तापको चिन्हलाई धुमिल्याउनका लागि रुसी फौजले भारी कपडालाई क्यामोफ्लजको रुपमा प्रयोग गरेको हुनसक्ने उनको भनाइ छ ।

अमेरिकाले युक्रेनलाई पठाएको ज्याभलिनजस्ता ट्यांकभेदी क्षेप्यास्त्रमा सैनिक उपकरणबाट आउने यस्तै तापको चिन्हको पहिचान गरी लक्षित निशानामा मार हान्ने प्रणाली रहेको हुन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ५५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र