नभएको कि प्रयोग गर्न नजानेको ? युक्रेनमा रुसी सेनाका क्यामोफ्लज– धूपीका हाँगा, च्यादर, पराल « Khabarhub

नभएको कि प्रयोग गर्न नजानेको ? युक्रेनमा रुसी सेनाका क्यामोफ्लज– धूपीका हाँगा, च्यादर, पराल


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा लडिरहेको रुसी सेनासँग पर्याप्त छद्म आवरण (क्यामोफ्लज) को अभाव रहेको देखिएको छ । अमेरिकाबाट प्रकाशित हुने वाशिंटन पोष्टले जनाएअनुसार युक्रेनी आक्रमणबाट बच्न एवम् आफू अनि आफ्ना सैनिक उपकरणलाई युक्रेनी फौजबाट लुकाउन रुसी सेनाले रुखको हाँगा, खर पराल अनि च्यादरजस्ता सामानको प्रयोग गरिरहेको जनाएको हो ।

यससँगै अब्बल मानिएको रुसी सेना दिगो युद्धका लागि अपुग तयारीका साथ युक्रेन पुगेको देखिएको छ । क्यामोफ्लजलाई आधुनिक युद्ध लड्न आधारभूत अङ्ग मानिन्छ ।

चालकरहित हवाई उपकरण ड्रोन, अन्तरीक्षबाट लिइने तस्वीर र इन्फ्रारेड जडित दूरबिनजस्ता अत्याधुनिक सैनिक उपकरणको विकास भएको समयमा क्यामोफ्लजले सैनिक उपकरणबाट आउने तापको चिन्हलाई धुमिल बनाउन, दुश्मनलाई झुक्याउन लगायत काम गर्दछ ।

तर क्यामोफ्लजको प्रयोगमा रुसी फौजले उतिसारो ध्यान नपुऱ्याएको वाशिंटन पोष्टले जनाएको छ । हालै सामाजिक सञ्जालमा सार्वजिनक भिडियोमा युक्रेनी प्रतिरोधको सामना गरिरहेको जस्तो देखिने रुसी फौजको लस्करले ट्यांकको छेउपट्टीको भागमा धूपीको हाँगालाई क्यामोफ्लजको रुपमा प्रयोग गरेको देखिन्छ ।


त्यस्तै, अरु केही तस्वीरमा रुसी सेनाले खर परालले बख्तरबन्द गाडी छोपेकोजस्तो देखिन्छ । त्यस्तै, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अर्को तस्वीरमा भने ट्यांकलाई च्यादर वा यस्तै भारी कपडाले छोपेको देखिन्छ ।

‘यो हतास हुनुको परिणाम हो ।’ इराक र अफगानिस्तानमा सेवा गरेका अवकासप्राप्त अमेरिकी सैनिक अधिकारी माइक जेसनलाई उद्धृत गर्दै वाशिंटन पोष्टले जनाएको छ ।

अमेरिकी सैनिक कार्यविधिमा रोकिरहेको सैनिक सवारीलाई क्यामोफ्लजको जालोले छोप्ने चलन छ । अमेरिकी सेनामा केही समयकै लागि भएपनि यस्तो कार्यविधि भंग नगरिने जनाइएको छ ।

तर, रुसी फौजले भने धूपीको हाँगा, खर पराल र च्यादरलाई समेत क्यामोफ्लजका रुपमा प्रयोग गरिरहेका छन् । ‘केही नहुनुभन्दा राम्रो’ भएपनि रुससँग गतिलो उपकरण नभएको वा रुसी सैनिकले यसको उचित प्रयोग गर्न नसकेको जेसनको भनाइ छ ।

सैनिक उपकरणबाट आउने तापको चिन्हलाई धुमिल्याउनका लागि रुसी फौजले भारी कपडालाई क्यामोफ्लजको रुपमा प्रयोग गरेको हुनसक्ने उनको भनाइ छ ।

अमेरिकाले युक्रेनलाई पठाएको ज्याभलिनजस्ता ट्यांकभेदी क्षेप्यास्त्रमा सैनिक उपकरणबाट आउने यस्तै तापको चिन्हको पहिचान गरी लक्षित निशानामा मार हान्ने प्रणाली रहेको हुन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ५५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य