उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन « Khabarhub

उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तरी अफगानिस्तानमा तालिबानविरुद्ध प्रदर्शन भएको छ । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा स्थानीयहरुले तालिबानविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले केही घण्टासम्म बाघलानलाई बाल्खसँग जोड्ने महत्वपूर्ण राजमार्ग समेत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । तालिबानको दमन र स्थानीयहरुलाई पक्राउ गर्ने तालिबानको कदमको विरोधमा प्रदर्शन गरिएको बताइएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा मानव अधिकारको अवस्था अझ विकराल बन्दै गइरहेको एएनआईले जनाएको छ ।

त्यहाँ लडाइ बन्द भएपनि सत्तामा आएको तालिबानले गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता, यातना, महिलालाई शिक्षाबाट बञ्चित गर्नेजस्ता मानव अधिकार उल्लङ्घनका घटनामा बढोत्तरी भइरहेको बताइएको छ ।

यसबाहेक अफगानिस्तानले अहिले चरम आर्थिक संकटको पनि सामना गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : २७ बजे

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार

भक्तपुर– सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको