भारतीय मालवाहक गाडी निर्बाध चल्दा नेपाली यातायात व्यवसायी मारमा « Khabarhub

भारतीय मालवाहक गाडी निर्बाध चल्दा नेपाली यातायात व्यवसायी मारमा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भारतीय ओभर लोड मालवाहक गाडी निर्बाध रूपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यवसायी मर्कामा परेका छन् ।

ओभर लोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रूपमा तौल पुलमा ओभर लोड चेकजाँच गरेका छन् ।

सरकारले भारतीय ओभर लोड गाडीहरु व्यवस्थापन गर्नुपर्नेमा पटक-पटक अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम उपाध्यक्ष सुनिलराज विष्टले चेतावनी दिए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन्।

ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडा दर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बनियाले गुनासो सुनाए । ‘हाम्रो अवस्था दयनीय भएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको अवस्था छ, लाखौँ मूल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैन’,  बानियाले भने ।

जुनसुकै देशको सवारीसाधन नेपाल आए त्यहाँको कानुनलाई मान्नु पर्ने भए पनि दैनिक रूपमा भारतीय गाडी सेटिङको रूपमा नेपाल प्रवेश गरी ओभर लोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातायात व्यवसायीका उपाध्यक्ष गुप्त बहादुर केसीले भने ।

ओभर लोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भए पनि प्रतिबन्धित गाडी नेपाल आउँदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले बताए। शुक्रबार संयुक्त रूपमा गरिएको चेकजाँचमा २२ वटा गाडीले ओभर लोड बोकेको पाइएको छ ।

मालवाहक सवारी साधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका २०७४ तथा ओभर लोड सम्बन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभर लोड गर्ने र निर्धारित भाडा दर भन्दा कम भाडा लिए संस्थाले ट्रक नवीकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट वञ्चित हुनुपर्नेलगायतका व्यवस्था रहेको छ ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५० बजे

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ