भारतीय मालवाहक गाडी निर्बाध चल्दा नेपाली यातायात व्यवसायी मारमा | Khabarhub Khabarhub

भारतीय मालवाहक गाडी निर्बाध चल्दा नेपाली यातायात व्यवसायी मारमा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भारतीय ओभर लोड मालवाहक गाडी निर्बाध रूपमा नेपालमा चल्न थालेपछि नेपाली यातायात व्यवसायी मर्कामा परेका छन् ।

ओभर लोड बोकेर निर्वाधरुपमा भारतीय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रूपमा तौल पुलमा ओभर लोड चेकजाँच गरेका छन् ।

सरकारले भारतीय ओभर लोड गाडीहरु व्यवस्थापन गर्नुपर्नेमा पटक-पटक अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम उपाध्यक्ष सुनिलराज विष्टले चेतावनी दिए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन्।

ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम भाडा दर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बनियाले गुनासो सुनाए । ‘हाम्रो अवस्था दयनीय भएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको अवस्था छ, लाखौँ मूल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैन’,  बानियाले भने ।

जुनसुकै देशको सवारीसाधन नेपाल आए त्यहाँको कानुनलाई मान्नु पर्ने भए पनि दैनिक रूपमा भारतीय गाडी सेटिङको रूपमा नेपाल प्रवेश गरी ओभर लोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातायात व्यवसायीका उपाध्यक्ष गुप्त बहादुर केसीले भने ।

ओभर लोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भए पनि प्रतिबन्धित गाडी नेपाल आउँदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले बताए। शुक्रबार संयुक्त रूपमा गरिएको चेकजाँचमा २२ वटा गाडीले ओभर लोड बोकेको पाइएको छ ।

मालवाहक सवारी साधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका २०७४ तथा ओभर लोड सम्बन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभर लोड गर्ने र निर्धारित भाडा दर भन्दा कम भाडा लिए संस्थाले ट्रक नवीकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट वञ्चित हुनुपर्नेलगायतका व्यवस्था रहेको छ ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ५० बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी