श्रममन्त्री श्रेष्ठ र मलेसियाका समकक्षीबीच द्विपक्षीय भेटवार्ता « Khabarhub

श्रममन्त्री श्रेष्ठ र मलेसियाका समकक्षीबीच द्विपक्षीय भेटवार्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननबीच द्विपक्षीय छलफल भएको छ।

भेटमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरूको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवै पक्षबाट प्रशंसा भयो ।

बैठकमा नेपाल र मलेसियावीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारी पत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाहरूको छनौट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सबलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा छलफल भयो।

नेपाली श्रमिकहरूलाई आफ्ना अधिकार र आफूले पालना गर्नुपर्ने सर्तहरूको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा नेपाली युवाहरूलाई अवसर दिएकोमा धन्यवाद दिँदै यो क्षेत्रमा कार्यरत युवाहरूको आधारभूत तलब बढाउन, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरूको प्रवर्द्धन गराउन समकक्षीसमक्ष माग गरेका थिए ।

नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौँमा गर्ने र बैठकमा छलफल भएका विषयहरूलाई औपचारिकता दिने सहमति भएको दूतावासले जनाएको छ । मन्त्री श्रेष्ठले आमन्त्रण गरे अनुसार मलेसियाका मानव संसाधन मन्त्रीले छिटै नेपाल भ्रमण गर्नेछन् ।

नेपाली प्रतिनिधिमण्डलले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोक्सो ) को भ्रमणसमेत गरेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : २४ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास