‘बिट्वीन लाइन्स एन्ड लेयर्स’मा अवलोकनकर्ताको आकर्षण बढ्यो « Khabarhub

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’मा अवलोकनकर्ताको आकर्षण बढ्यो


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।

विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा चित्र कोरेका छन् । उनका अनुसार प्रकृतिमा जनावरको सम्बन्ध सिकार र सिकारीको बीचमा भ्रम भइरहन्छ । यसले नै सबै कुरालाई सन्तुलनमा राखिरहन्छ ।

त्यस्तै अर्का कलाकार विद्यार्थी सन्तोष गुरुङले सेरेनिटी (शान्ति) शीर्षकमा चित्र कोरेका छन् ।

उनी भन्छन्, ‘हामी सबैको एउटा यस्तो ठाउँ हुन्छ जहाँ शान्ति महसुस गर्न सक्छौँ । यहाँ जीवनका अपरिचितपानामा पाइने शान्तिलाई मैले चित्रमा उतारेको छु । यही मेरा गाउँका दृश्यहरु मेरा कामका विषयहरु हुन् जहाँ मैले खोजेको निश्चलपन भेट्टाएको छु । कुनै पनि सङ्घर्ष र बाधाबिना पाइने शान्तिलाई नै मैले प्रस्तुत गरेको छु ।’

विभिन्न तरिकाबाट छाप निकाल्ने विधि अपनाएर विद्यार्थीले थरिथरिका प्रक्रिया अनुभव गर्दै दुई सेमेस्टरमा यी काम गरिएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ०० बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा