स्थानीय तहका सय स्थानमा विजयी हुन्छौँ : मोहम्मद इश्तियाक राई | Khabarhub Khabarhub

स्थानीय तहका सय स्थानमा विजयी हुन्छौँ : मोहम्मद इश्तियाक राई



मोहम्मद इश्तियाक राई जनता समाजवादी पार्टी नेपालका नेता हुन्। पूर्वसहरी विकासमन्त्री राई प्रतिनिधिसभा सदस्यसमेत हुन्। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलबीच तालमेल र गठबन्धनको तयारी तीव्र बनेको छ। सत्तारुढ दलबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि कार्यान्वयनमा अनेकौं चुनौती देखिएका छन्। स्थानीय चुनावको तयारी, तालमेलको अवस्थालगायत समसामयिक विषयमा सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) नेता तथा पूर्वमन्त्री राईसँग खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

जनता समाजवादी पार्टी नेपालको चुनावी तयारी कस्तो छ ?
स्थानीय निर्वाचनको मिति नजिकिरहेको छ। अब चुनाव हुन १३ दिन बाँकी रहेको छ। हामीले अस्तिभर्खर पार्टीको घोषणा पत्र सार्वजनिक गर्यौ । हामीले मनोनयन दर्ता गराइसकेका छौँ। पार्टीका सबै युनिट स्थानीय चुनावमा खटिसकेका छन्। हाम्रो नारा मुद्दा एजेन्डाका साथमा हामी गाउँगाउँ घर घर पुगिसेकको अवस्था छ। चुनावको सरगर्मी बढेको छ। हाम्रो चुनावी तयारी भव्यताकासाथ चलिरहेको छ।

हाम्रो पार्टीले विगतमा एउटा मापदण्ड निर्धारण गरेको थियो। पार्टीमा निरन्तरता, लोकप्रियता, क्षमता, योग्यता, जनाधार भएको नेतृत्वलाई प्राथमिकतामा राखेका थियौँ। त्यही आधारमा हामीले उम्मेदवार छनोट गरेका छौँ।

उम्मेदावारहरुको छनोट र घोषणापत्रको तयारी कस्तो रहयो ?
हाम्रो पार्टीले विगतमा एउटा मापदण्ड निर्धारण गरेको थियो। पार्टीमा निरन्तरता, लोकप्रियता, क्षमता, योग्यता, जनाधार भएको नेतृत्वलाई प्राथमिकतामा राखेका थियौँ। त्यही आधारमा हामीले उम्मेदवार छनोट गरेका छौँ।

जनता समाजवादी पार्टी, नेपालले सबै स्थानीय निकायमा उम्मेद्वारी दिएको हो ?
केन्द्रबाट महानगरपालिका र उपमहानगरपालिकामा धेरै ठाउँमा मेयर र उपमेयरको लागि गठबन्धनसँग सहमति भएर उम्मेदवारी दर्ता गरेका छौँ। हाम्रो पार्टीले ७७ जिल्लामा मनोनयन दर्ता गराएको छ।

पार्टीको मुख्य एजेन्डा के हो ?
स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुली, निःशुल्क इन्टरनेटको व्यवस्था घोषणा गरेका छौँ। त्यस्तै शिक्षा, स्वास्थ्यलाई प्रमुख आधार मानेर कार्यक्रम तय गरेका छौँ। गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर सुधार गर्ने कार्यक्रम छन्। साथै खानेपानी निःशुल्क उपलब्ध गराउने छौँ । महिला शिक्षाका विषय, गरिब, दलित तथा उत्पीडित समुदाय स्थायी उन्नतिका विषय प्राथमिकतामा राखिएको छ। केन्द्र र पालिका प्रत्येकका एजेन्डा फरक छन्। हामीले जिल्ला स्तरबाट पालिका स्तरबाट एजेन्डा निर्धारण गरेका छौँ। हाम्रो मुख्य एजेन्डा भनेको शिक्षा र स्वास्थ्य विकासलाई प्रमुख आधार नै हुन्।

आम नागरिकलाई २०० लिटर खानेपानी दिन सक्छौ। किसानलाई सिंचाईको व्यवस्था गर्न सक्छौँ। मलखाँद र बिउको व्यवस्थापन गर्न सक्छौ।

हामीले केपी ओली जस्तो पानीजहाज चलाउछौ भनेका छैनौं। इन्टरनेट जस्ता सेवा निःशुल्क दिन सक्छौ। आम नागरिकलाई २०० लिटर खानेपानी दिन सक्छौ। किसानलाई सिंचाईको व्यवस्था गर्न सक्छौँ। मलखाँद र बिउको व्यवस्थापन गर्न सक्छौ। नगरमा मनोरेल अध्ययनका कुराहरु छन्। वर्तमान परिवेशलाई स्थानीय तहको बजेट आन्तरिक आम्दानी सफल अनुदानबाट कार्यन्वयन गर्नसक्ने थुपै आधार छन्।

हामीले उत्पादक क्षेत्रमा कति अनुपात्दक क्षेत्रमा कति भनेर हेर्नुपर्छ। अहिलेको खास गरेर स्थानीय पालिकाका एमाले, माओवादी ,कांग्रेसका स्थानीय नेताहरुले के गरे भने पैसा आयो भने कार्यकर्ता पोस्ने उत्पादन नहुने क्षेत्रमा लगानी गरे। हामी त्यो गर्दैनौँ। अहिलेको ५० प्रतिशत पैसा शिक्षा, स्वास्थ्य कृषितर्फ लगानी हाम्रो पार्टीको मुख्य योजना र उद्देश्य रहेको छ। त्यसलाई कार्यान्वयन गर्न सक्छौँ। ५० प्रतिशत विकासतर्फ लैजानुपर्छ भन्ने हो। हामीले स्थीय निर्वाचनमा सय बढी स्थानमा जिन्छौँ भन्ने विश्वास छ।

गठबन्धनको अन्योलता र दलबीचको तालमेललाई कसरी मिलाउनुहुन्छ ?
सत्ता गठबन्धन आबद्ध दलबीच तालमेल भए पनि तालमेल तल्लो तहबाट नभएको यथार्थ सबैलाई थाहा छ। संस्थागत वा पार्टीगत रुपमा उम्मेदवारी दर्ता हुनु र स्वतन्त्र रुपमा दर्ता हुनु फरक कुरा हो। पार्टीभित्र गठबन्धन नभए पनि अतन्तृष्टि हुन्छन्। नेतृत्वले सन्तुलन मिलाएको छु भने पनि असन्तुष्टि हुन्छ। अहिलेको असन्तुष्टिको दोष गठबन्धनलाई दिएर मात्र हुँदैन। पार्टीभित्र पनि समस्या छन्। तर, केही स्वतन्त्र उम्मेदवार पार्टी भित्रबाट देखिए पनि पार्टी गठबन्धन बाहिरबाट अगाडि बढ्ने अवस्था छैन।

हाम्रो पार्टीको एजेन्डा किसान लक्षित, गरिब लक्षित, असाहय लक्षित साथै शिक्षा र स्वास्थ्यका लागि लक्षित छन्। विगतमा पनि हामी संघीयता समाजवाद, समानुपातिक प्रतिनिधित्वका लागि लडेका हौँ। भोलिको समृद्धि र विकासको लागि हामी योगदान गर्ने तयारीमा छौँ।

चुनावी गठबन्धन सफल हुन्छ र सबै उम्मेदवार विजयी हुनुहुन्छ भन्ने आधार के छ ?

भन्न त जसले पनि हामी ठूलो हो भनेर भन्छन्। जनतामा आत्मविश्वास बढाउन चुनावको मुखमा सबैले ठूला कुरा गर्छन्। जनताको विश्वास जित्न सबैले भन्ने हो। तर, यसपटक दुई तिहाई बढी सिट गठबन्धनले जित्छ। यसको सुनिश्चिता भइसकेको छ, ढुक्क हुनुहोस्। वर्तमान अवस्था हेर्ने हो भने स्थानीय तहको जुन मनोपोलीले जनता पीडामा छन्। विकास निर्माणको काम गरेका छैनन्। संघीयता र अधिकार कुठाराघात हुने गरी व्यवस्था खलबलाउने एमाले लगायत अन्य दलहरु ठूलो प्रहार गरेका छन तसर्थ यो सिस्टम परिवर्तन गर्न आवश्यक छ। हाम्रो पार्टीको एजेन्डा किसान लक्षित, गरिब लक्षित, असाहय लक्षित साथै शिक्षा र स्वास्थ्यका लागि लक्षित छन्। विगतमा पनि हामी संघीयता समाजवाद, समानुपातिक प्रतिनिधित्वका लागि लडेका हौँ। भोलिको समृद्धि र विकासको लागि हामी योगदान गर्ने तयारीमा छौँ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ०१ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको